latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

प्रकाश नेपाल
पाल्पा, माघ २५
तानसेन नगरपालिका—७ बाघखोरमा निमार्ण थालिएको शित भण्डार करिब एक दशक पछि पुनः निमार्ण थालिएको छ । २०६९ सालको फागुन २३ गते २ वर्षमा सम्पन्न गर्ने गरि निमार्ण थालिएको शितभण्डार अलपत्र भएपछि अहिले पुनः निमार्ण सुरु गरिएको तानसेन नगरपालिकाले जनाएको छ ।
भारत सरकारको सहयोगमा निर्माण थालिएको शित भण्डारको निर्माणको काम एक महिना अगाडी भारतीय राजदुतावासका सेकेन्ड सेक्रेटरी प्रशान्त सोनलले अवलोकन गरेपछि निर्माणको कार्य अगाडि बढाईएको हो ।
भारतीय सरकारको ४ करोड, ४ लाख, ४४ हजार, ४ सय, १० रुपैया, र तानसेन नगर सरकारको ५५ लाख, ४७ हजार, ४ सय, ६९ रुपैया लागतमा, हिमढुगां एण्ड ठोकर, जय रक्तकाली जे.भि निर्माण कम्पनीसंग ठेक्का संझौता भएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताउनुभयो ।
शित भण्डारको भौतिक पुर्वाधारको निर्माण दश वर्षको अवधिमा २७ प्रतिशत मात्र कार्य प्रगति भएको थियो । निर्माण कम्पनीले तानसेन नगर सरकारसंग पटक पटक म्याद थप गर्दै आएको र पुरानो लागत मुल्यमा काम सम्पन्न गर्ने गरी संझौता भएपछि निर्माण कम्पनीले निर्माणको कार्य अगाडि बढाएको नगर सरकारका प्रमुख प्रशाशकिय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो ।
नगर सरकारले पटक पटक सहयोगी निकायलाई रकम उपलब्ध गराउन लिखीत रुपमा पत्राचार गरेका कारण दुतावासका कर्मचारी नै निर्माण स्थालको भ्रमणपछि रकम उपलब्ध गराउने सहमति भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय