सुशीला रेग्मी

रामपुर (पाल्पा), माघ २४

सिताराम मावि रामपुर नगरपालिका वडा नं ४ सदावर्त पाल्पाकाे ४० अाै वार्षिकोत्सबकाे अवसरमा मंगलबार विभिन्न विधामा विद्यार्थीलाई पुरस्कार वितरण गरिएको छ । विद्यालयमा स्थापित विभिन्न अक्षयकोष रकमबाट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको हाे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद अाचार्यकाे अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रधान संरक्षक लुकबहादुर बिरकट्टाले विद्यालयकाे स्थापना देखि हालसम्मका शैक्षिक गतिविधिबारे जानकारी गराउदै शैक्षिक प्रगतीको कामना गर्नुभएको छ । निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी, अक्षयकोषदाता सुदनप्रकाश रेग्मी लगायतले बाेल्नुहुदै कार्यक्रम सफलताको कामना गर्नुभएको छ ।

विद्यालयका प्रधानाध्यापक हरिप्रसाद अधिकारीले स्वागत गर्नुहुदै विद्यालयमा स्थापित १४ वटा अक्षयकोषमध्ये १२ वटा अक्षयकोष रकमबाट पुरस्कार वितरण गरिएको जानकारी दिनुभएको छ । कार्यक्रम संचालन शिक्षक चित्रबहादुर केसी र सरस्वती श्रेष्ठले गर्नुभएको हाे । बुधबार ४० अाै वार्षिकोत्सब तथा ४१ अाै अभिभावक दिवसको अवसरमा विभिन्न कार्यक्रमका साथ वार्षिकोत्सब कार्यक्रम मनाउने तयारी पूरा भएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय