latest
२० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महसुल तानसेन नगरपालिकाले व्यहोर्ने  ||    लोपोन्मुख तथा सीमान्तकृत समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न प्रदेश सरकारको ध्यानाकर्षण  ||    डिप्लोमा ईन हस्पिटालिटी म्यानेजमेन्ट-DHM तानसेनमा  ||    नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको पदस्थापन  ||    सरकारले गर्‍यो १२ मन्त्रालयअन्तर्गत नियुक्ति ६११ राजनीतिक नियुक्ति  ||    रामपुर नगरपालिकाद्वारा एकल आमाहरुका लागि घर हस्तान्तरण  ||    पाल्पाका १० स्थानीय तहसहित ३५ बढी कार्यालयको समीक्षा, साझा एजेन्डामा जोड  ||    पाल्पा ग्याँस डिलर्स संघको अधिवेशन : पर्शुराम पौड्याल सर्वसम्मत अध्यक्ष निर्वाचित  ||   
शनिबार , कार्तिक १५, २०८३

पाल्पा, माघ १६
छुट्टाछुट्टै घटनामा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ । मोटर साइकल दुर्घटना र खोलामा डुबेर एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
हिजो साँझ रामपुर–५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुरका— २ का २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ । भने तिनाउ गायँपालिका–३, भुतखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ । हिजो दिउँशो भुतखोला पोखरीमा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पश्चिम नवलपरासी, पाल्हिनन्दन गाउँपालिका–२, का २४ वर्षिय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मोटर साइकल सडकबाट ५० मीटर तल खस्दा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा हिजो बेलुकी ८ बजेतिर मृत्यु हो ।
पठान साथीसँगै घुम्न आएका थिए । उनलाई भूतखोला पोखरीबाट प्रहरीले उद्धार गरि उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा डाटरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय