latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, माघ १६
छुट्टाछुट्टै घटनामा परी पाल्पामा दुई जनाको मृत्यु भएको छ । मोटर साइकल दुर्घटना र खोलामा डुबेर एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
हिजो साँझ रामपुर–५, कान्जीहाउस नजिकै पक्की सडकमा लु १८ प ४९७० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रामपुरका— २ का २१ वर्षीय प्रदीप नेपालीको मृत्यु भएको छ । भने तिनाउ गायँपालिका–३, भुतखोलामा डुबेर एक जना युवकको ज्यान गएको छ । हिजो दिउँशो भुतखोला पोखरीमा फोटो खिच्ने क्रममा चिप्लिएर पोखरीमा खस्दा पश्चिम नवलपरासी, पाल्हिनन्दन गाउँपालिका–२, का २४ वर्षिय अजिम पठानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मोटर साइकल सडकबाट ५० मीटर तल खस्दा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा रामपुर अस्पतालमा हिजो बेलुकी ८ बजेतिर मृत्यु हो ।
पठान साथीसँगै घुम्न आएका थिए । उनलाई भूतखोला पोखरीबाट प्रहरीले उद्धार गरि उपचारको लागी लुम्बिनी प्रादेशीक अस्पताल बुटवल लगिएकोमा डाटरले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय