latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी रामपुर (पाल्पा), १२ माघ

रामपुरआधारभुत विद्यालय रामपुर नगरपालिका वडा नं ५ मटेरी पाल्पाको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सकिएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन रामपुर ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेलले गर्नुभएको हो । वडाध्यक्ष पोखरेलले शैक्षिक क्षेत्रको विकासमा वडा तथा नगरपालिका कार्यालयबाट सक्दो सहयोग गर्ने बताउनुभएको छ । प्रधानाध्यापक सविता डुम्रेले ९३ लाख बराबरको वार्षिक प्रतीवेदन पेश गर्नुभएको छ । विद्यार्थीले नाचगान गरेर रमाइलो बनाएको कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको छ । कार्यक्रममा रामपुर ५ का निवर्तमान वडाध्यक्ष हिमाल मल्ल, कार्यपालिका तथा रामपुर ५ का वडा सदस्य माया नेपाली, वडा सदस्य युवराज शाही, सीताराम माविका प्रधानाध्यापक हरिप्रसाद अधिकारी, नवदुर्गा माविका प्रधानाध्यापक भानुभक्त न्यौपाने, दरैठाँटी मावि सहायक प्रधानाध्यापक मुकुन्दप्रसाद गौतम, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी, विद्यालय व्यवस्थापन समिति सदस्य धनबहादुर विक, शिक्षा समिति सदस्य सावित्रा गौतम, विद्यालयका शिक्षक गणेश गौतम, पुर्व विद्यार्थी सदिक्षा गौतम लगायतले बोल्दै विद्यालयको प्रगतीको कामना गर्नुभएको छ । सहायक प्रधानाध्यापक चम्पा गौतमले स्वागत गर्नुभएको कार्यक्रमको संचालन शिक्षक पुनम रानाले गर्नुभएको हो । कार्यक्रममा सहभागी पाहुनालाई मायाको चिनो प्रदान गरिएको छ । उत्कृष्ट शिक्षक तुल्सी गौतम, बासना सेन र सन्जय मल्ल, यसै विद्यालयमा अध्ययन गर्ने पुर्व उत्कृष्ट विद्यार्थी सदिक्षा गौतमलाई सम्मान गरिएको छ । रामपुर नगरपालिका वडा नं ५ सानिअमराई बस्ने ईन्जिनियरिङ् क्याम्पस पुल्चोक ललितपुरका पुर्व स्ववियु सभापति ईन्जिनियर नारायण काफ्लेले स्वर्गीय बुबा दुर्गादत्त काफ्ले र ससुराबुबा स्वर्गिय माधवप्रसाद सत्यालको नाममा ५० हजार बराबरको अक्षयकोष, रामपुर ५ मटेरी बस्ने तेजकुमारी रेग्मीले १० हजार, मधुमाया पोखरेलले स्वर्गीय श्रीमान जेदुनाथ पोखरेलको स्मृतिमा १२ हजार बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय