latest
रासायनिक मलको उपयोग शून्य बनाउँछाैंः लुम्बिनी प्रमुख सचिव अधिकारी  ||    पाल्पा जेसिजद्वारा छात्राहरुलाई महिनावारीका सामग्री हस्तान्तरण  ||    अडान पाल्पाकाे अध्यक्षमा राधेश्याम ज्ञवाली निर्वाचित  ||    त्रिभुवन बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका घर्ति मगर बिजयी  ||    पाल्पाका दुबै क्याम्पसमा स्वबियु निर्वाचन शान्तिपूर्ण  ||    स्ववियु निर्वाचन लोकतान्त्रिक चुनावी अभ्यास होः कसम (शहिद क्याम्पस नेविसंघ उम्मेदवार)  ||    देशकै जेठाे क्याम्पस त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन माहाेल तात्याे  ||    क्याम्पसकाे साख जाेगाउन प्रतिबद्द रहनेछाैंः नेविसंघ सभापति उम्मेदवार अर्याल  ||   
सोमबार , चैत्र १०, २०८१

पाल्पा, माघ १०
तानसेन–रिडी–तम्घास सडक खण्डको सिरुखर्क जोर्ते खण्ड मर्मतका लागि एक महिना बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले उक्त सडक खण्डको रिब्दीकोट गाउँपालिकास्थित माल्मुल–जोर्ते क्षेत्रमा सडक चौडा गर्नुका तथा मर्मतका लागि एक महिना सडक बन्द गर्ने जनाएको छ ।
माघको १० गतेदेखि फागनु ९ गतेसम्म सवारी आवागमन बन्द गरेर मर्मत र चौडा गर्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदिपमणी निरौलाका अनुसार हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म, दिउँसो १२ बेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि १० बजेसम्म सबै सवारी आवागमन बन्द हुनेछन ।
यसअघि पनि सोहि खण्डमा पटक पटक सूचना निकालेर सडक चौडा पार्ने काम सडक डिभिजन पाल्पाले गरि रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय