latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

सुशीला रेग्मी
रामपुर (पाल्पा), ९ माघ
स्थानीय तह र प्रदेश सरकार बिचको अन्तर सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रम रामपुर नगरपालिकामा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले विनियोजन गरेका बजेट मार्फत संचालन भएका योजनाको अवस्था , संचालनको क्रममा भएका जटिलटा , समन्वय लगाएत प्रदेश सरकार र स्थानिय तह विचको सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश मुख्य मन्त्रि कार्यालयका प्रमुख सचिव डाक्टर दिपक काफ्लेले तिनै तहको सरकारले काम गर्ने भुगोल एउटै भएकोले तिनै तहविच समन्वय , सहअस्तित्व र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । विकास र समृद्धिका लागि सवै तह मिलेर अगाडी बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो । संघ र प्रदेशबाट योजना संचालन गर्दा स्थानिय तह संग समन्वय नगर्दा योजना दोहोरिने समस्या रहेको भन्दै त्यसलाई न्यूनिकरणका लागि समन्वय आवश्यक रहेको बताउनुभयो । साथै उहाँले आगामी दिनमा प्रदेशले योजना छनौट गर्दा हरेक स्थानिय तह संग समन्वय गरेर मात्रै गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले जनशक्ति व्यवस्थापनको ऐन बनाईसकेको र जारी गर्न मात्रै बाँकी रहेको बताउँदै प्रमुख सचिव काफ्लेले रामपुर अस्पतालमा डाक्टर र कर्मचारीको व्यवस्थापनका लागि तत्काल पहल थाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले नगरभित्र प्रदेश सरकार मार्फत संचालनमा रहेका योजनाको बारेमा जानकारी गराँउदै टुक्रे योजना पनि प्रदेश सरकारबाट आँउदा समस्या भएको बताउनुभयो । स्थानिय तह संग समन्वय नगरी बजेट विनियोजन गर्दा अति आवश्यक रहेको ठाँउमा पनि बजेट विनियोजन नहुने भएकोले स्थानिय तहको सिफरिसका आधारमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । नगर प्रमुख थापाले प्रदेश सरकार मातहतमा सञ्चालनमा रहेको रामपुर अस्पतालको सेवालाई प्रभावकारी बनाउन ध्यान दिन समेत आग्रह गर्नुभयो । अस्पतालमा प्रयोग हुने आवश्यक सामग्रीको व्यवस्थापन र डाक्टरको व्यवस्था तत्काल गर्न अनुरोध समेत गर्नुभयो । प्रदेश सरकारको वजेट मार्फत सञ्चालन हुने गरी डिपिआर तयार पारिएको खालिवन रामपुर सडक निर्माण कार्य तत्काल गर्नुपर्ने बताउनु भएको छ । नगर प्रमुख थापाले लुम्बिनी प्रदेश राजधानीको पहुँच र दुरीका हिसाबले यो क्षेत्र दुर्गममा रहेको भन्दै यसको विकासका लागि योजना छनौटमा प्राथमिकता दिन आग्रह गर्नुभयो । प्रदेश सरकार र स्थानिय सरकार विचको आपसी सहकार्य र समन्वयले नगरको विकासमा बढावा मिल्ने बताउनुभयो । मुख्यमन्त्रि तथा मन्त्रि परिषद्को कार्यालयका सचिव रामप्रसाद पाण्डेले स्थानिय तह संगको समन्वयमा आगामी दिनमा प्रदेश सरकारले योजना छनौट र संचालन गरिने बताउनुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरुले प्रदेश सरकार मार्फत आउने विभिन्न शिर्षकका बजेटका योजना संचालनका क्रममा भएका समस्याबारे जिज्ञासा राखेका थिए । लुम्बिनी प्रदेश मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद पाण्डेको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको संचालन सचिव यमकान्त पाण्डेले गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय