पाल्पा, माघ ८
पाल्पामा बिषदी सेवनबाट एक जनाको मृत्यु भएको छ । मत्यु हुनेमा निस्दी ५ ढुङ्गानाबेशीका २३ बर्षिय युवराज खाम्चा रहेको प्रहरीले जनाएको छ । खाम्चाले आज बिहान बरिब ६ बजे आफु सुत्ने कोठामा नाम नखुलेको बिषदी सेवन गरि अचेत अबस्थामा रहेको बुबाले देखेपछि उपचारको लागी रामपुर अस्पताल ल्याएकोमा आज बिहान करिब ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयो । उहाँले घटनाको बिषयमा थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिनुभयो ।
ताजा समाचार
लोकप्रिय
© 2024: Seroferonews मा सर्वाधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा