पाल्पा ,२७ भदौ
तानसेन बहुमुखी क्याम्पस पाल्पाको ३७ औं वार्षिक उत्सब तथा साधारणसभा शनिबार सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले क्याम्पसको शैक्षिक एवम् भौतिक विकासको लागि तानसेन नगरपालिकाले नीति, विधिले मिल्दो सहयोग प्रदान गर्ने बताउनुभयो । उहाँले गुणस्तरीय शिक्षाप्रदानसहित तानसेन बहुमुखी क्याम्पसले शिक्षाको क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्दै समयसापेक्ष शैक्षिक गतिविधि अगाडि बढाउन सुझाव दिनुभयो । कार्यक्रममा पब्लिक क्याम्पस संघ पाल्पाका अध्यक्ष मुरारी काफ्ले, त्रिवि प्रतिनिधि दामोदर घिमिरे, पूर्व क्याम्पस प्रमुख एवम् संस्थापक सदस्य रामेश्वर बजिमय, सम्मानित व्यक्तित्व एवम् पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवालीले क्याम्पसको विकासको लागि समुदायको योगदान महत्त्वपूर्ण रहेको औंल्याउँदै सामुदायिक क्याम्पसको विकासको लागि साझा र नीतिगत योजनासहित एकजुट भएर अगाडि बढ्नु आवश्यक रहेको बताउनुभयो ।



सभामा क्याम्पस प्रसुख पुष्करराज रेग्मीले आर्थिक वर्ष २०८२÷०८३ को ८१ लाख ९५ हजार ५ सय १४ रुपैंया बराबरको आम्दानी खर्च विवरण प्रस्तुत गर्नुभयो । क्याम्पस ४ ओटा भवन र १२ रोपनी जग्गामा क्याम्पस फैलिएको छ । २४ जना प्रध्यापक र ७ जना कर्मचारीले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको क्याम्पस प्रमुख रेग्मीले बताउनुभयो । क्याम्पसका संस्थापक रामेश्वर बजिमय, पूर्व क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली र सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तित्वलाई सम्मान पत्र र मायाको चिनो प्रदान गरिएको क्याम्पस प्रमुख पुष्करराज रेग्मीले जानकारी दिनुभयो ।
क्याम्पस सञ्चालन समितिका कार्यवहाक अध्यक्ष भेषराज नेपालको अध्यक्षता,स्वागत प्रध्यापक सङ्गका सभापति श्रीधर नेपाल र सन्चालन सहायक क्याम्पस प्रमुख अरुण ज्ञवालीले गर्नुभएको थियो ।










