भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्राङ्कित तृतीय श्रेणीका ६२ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेसँगै पाल्पाका ४ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत फेरिएको छ।

पाल्पामा बिष्णु बहादुर घर्ती बगनासकाली गाउँपालिका, भोजराज खतिवडा, रम्भा गाउँपालिका, फर्सुराम भट्टराई तिनाउँ गाउँपालिकार शिशिर घिमिरे रिब्दीकोट गाउँपालिकामा सरुवा गरिएको छ।

मन्त्रालयले भदौ २६ गते गरेको निर्णयअनुसार ३२ जना प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न तह र पदमा कार्यरत ६२ अधिकृतको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको हो।

मन्त्रालयका अनुसार सरुवा तथा कामकाजमा खटाइएका ६२ जनामध्ये ३२ जना प्रमुख प्रशासकीय अधिकृत छन्। त्यस्तै १७ शाखा अधिकृत, चार अध्यागमन अधिकृत, तीन प्रशासकीय अधिकृत, दुई जिल्ला निर्वाचन अधिकारी, दुई हुलाक अधिकृत, एक मालपोत अधिकृत र एक जेलर रहेका छन्।

मन्त्रालयले केही कर्मचारीलाई निजामती सेवा ऐनको व्यवस्थाअनुसार सरुवा गरेको जनाएको छ भने केहीलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार स्थानीय तहमा कामकाजका लागि खटाएको जनाएको छ।

सरुवा निर्णयसँगै पाल्पाका सम्बन्धित स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी सम्हाल्ने बाटो खुलेको छ। नयाँ प्रशासनिक नेतृत्वसँगै स्थानीय तहको सेवा प्रवाह, योजना कार्यान्वयन र कार्यालय व्यवस्थापनमा समेत प्रभाव पर्ने देखिएको छ।

पाल्पाका कुन-कुन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत फेरिए र को कहाँ पुगे? मन्त्रालयको निर्णयअनुसारको पूर्ण विवरण हेर्नुहोस् :

हेर्नुहोस् सरुवा/कामकाजको पूर्ण विवरण :

https://drive.google.com/file/d/1oTF603ZwnZTeF4nka_7BuJ9NKFq7TuV6/view?fbclid=IwVERDUAUSALlwZG9mBWZkaWQWUOTBmXjj7rT6kJJTvrX2EXUsQocPnWV4dG4DYWVtAjExAHNydGMGYXBwX2lkCjY2Mjg1NjgzNzkAAR64gKa78nnVVsYXd9PJY8KjEZbtQvGcNv5JCwd6s5-z4n10SWur-4JBZksjOw_aem_Rd6adQhkMerb0n0cfiJJ6A

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय