गोपाल प्रसाद वश्याल
तानसेन पाल्पा
शब्द निर्माण खेल स्क्रयाबल सम्बन्धि एक दिने विद्यार्थी अभिमुखीकरण कार्यक्रम तानसेनमा आज सम्पन्न भएको छ । पाल्पाका विभिन्न आठ विद्यालयका ३७ विद्यार्थी र १० जना शिक्षकहरू सहभागी यस कार्यक्रममा पाल्पा आवासीय विद्यालयका शिक्षक एवम् स्क््रयाबल प्रशिक्षक क्षितिज नेपालले स्क््रयाबल खेलको परिचय, खेल्ने तरिका, अंक गणना, र खेलका नियमहरूको जानकारी गराउनु भयो ।
प्रशिक्षक नेपालको प्रस्तुतिपश्चात् जोडी समूहमा विभाजन गरी प्रयोगात्मक अभ्यास खेल खेलाइएको थियो । अभ्यासका क्रममा स्क््रयाबल क्लब पाल्पाका संयोजक गोपाल प्रसाद वश्याल, प्रशिक्षक नेपाल र पाल्पा आवासीय विद्यालयका स्वयम्सेवक विद्यार्थीहरूले सहजीकरण गर्नुभएको थियो । अभ्यासपश्चात् प्रश्नोत्तर एवम् जिज्ञासामूलक अन्तरक्रिया गरिर्एको थियो ।
  कार्यक्रमको समापनमा बोल्दै दमकडा नमुना माध्यमिक विद्यालयका शिक्षक मिठु आचार्यले स्क््रयाबल खेलको महत्व बुझेकोले विद्यार्थीलाई अभ्यास गराउने प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रम ब्यवस्थापन मिलाएको पाल्पा आवासीय विद्यालयका प्रिन्सिपल गोपाल बहादुर पि सि ले आफ्नो विद्यालयले अन्तर्राष्ट्रिय स्तरको खेलसमेत खेलिसकेको अनुभव सुनाउँदै विद्यार्थीको भाषिक सिप विकासका लागि स्क्रयाबलको महत्व चर्चा गर्नुभयो । क्लबका संयोजक वश्यालले स्क््रयाबल खेल एउटा खेलमात्र नभै शब्द भण्डार बृद्धि गर्ने, ज्ञानको पुनःताजगी गर्ने, समालोचकीय एवम् स्मार्ट कार्यकुशलता सिपको विकास गर्ने माध्यम भएको बताउनुभयो । अंगे्रजी शब्द खेल स्क््रयाबलका अतिरिक्त नेपाली भाष र गणित सिपमा आधारित स्क्रयाबल खेलको विकास र कक्षा ५ र ६ का लागि स्क््रयाबल खेल पुस्तक समेत विकास गरिएको, समयसमयमा जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलहरूमा विद्यार्थीहरूको उल्लेख्य सहभागिता हुने गरेको संयोजक वश्यालले बताउनुभयो ।
कार्यक्रमको समापन संयोजक वश्यालको अध्यक्षता र प्रशिक्षक नेपालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय