गोपाल प्रसाद वश्याल
मुलुकमा नैतिक, इमान्दार, निष्ठावान, समर्पित र लगनशील नागरिक उत्पादन गर्नका लागि शिक्षाको केन्द्रिय भूमिका रहने विचार आज तानसेनमा आयोजित एक कार्यक्रमका वक्ताहरूले ब्यक्त गरेका टन् । पाल्पा बहुमुखी क्याम्पस, तानसेनको आयोजनामा भर्खर एस्एल्सी (कक्षा १२) उतीर्ण विद्यार्थीहरूको सम्मानमा आायोजित बधाइ तथा शुभकामना ज्ञापन कार्यक्रममा नेपालमा नेतृत्वकर्ता, चिन्तक र अन्वेषणकर्ता उत्पादनका लागि उच्च शिक्षाको भूमिकामा जोड दिइएको हो ।
कार्यक्रममा उत्प्रेरक एवम् अनुसन्धान ब्यवस्थापन समितिका संयोजक गोपाल प्रसाद वश्यालले भविष्यको मार्गचित्र विषयक कार्यपत्र प्रस्तुत गर्दै उच्च शिक्षा अध्ययनका लागि विभिन्न संकायगत रोजाइको सम्भावना रहेको भए तापनि आफ्नो भविष्य निर्माणका लागि वैयक्तिक क्षमता, शैक्षिक अनुभव, सिकाइस्तर, विषयगत अवसर जस्ता पक्षको विश्लेषण गरी निर्णय गर्न आग्रह गर्नुभयो । उहाँले बिबिएस् पढ्न चाहने विद्यार्थीमा योग्यताका अतिरिक्त आवश्यक पर्ने सञ्चार एवम् नेतृत्व सिप, मध्यस्थता, डेटा विश्लेषण तथा लेखा प्रणालिको ज्ञान, र विद्युतीय साक्षरता सिप आवश्यक पर्ने बताउनुभयो । त्यसैगरी उहाँले सबै विषयको महत्व रहेको उदाहरण दिंदै एउटा डाक्टरले एउटा विरामीको उपचार गर्छ भने एउटा शिक्षकले सयौं विद्यार्थीको मानसिक अवस्थाको सुधार गर्छ र एउटा इञ्जिनियरले एउटा पुल बनाउँछ भने एउटा शिक्षकले सयौं विद्यार्थीको चरित्र निर्माण गर्छ भन्ने दृष्टान्त दिनुभयो ।
अर्का उत्प्रेरक वक्ता विनोद भारतीले सपनाद्ेखि सफलतासम्म शिर्षकको कार्यपत्र प्रस्तुत गर्दै विद्यार्थीले आफ्नो भविष्य निर्माणका लागि ठूलो सपना बोकेर अगाडि बढ्दै आफ्नो, बुबाआमाको र देशको सपना साकार पार्न प्रयाश गर्दै सफलतामा पुग्न आग्रह गर्नुभयो । उहाँले जसरी घसेटाको चाङ मिलाएर सुन्दर कलाको निर्माण गरिन्छ विद्यार्थीले सिप विकास गर्दै सफलताको सिंढी चढ्नुपर्ने बताउनुभयो । निशिचत लक्ष्य निर्धारण गरी त्यो लक्ष्यमा पुग्नका लागि आवश्यक रणनीति एवम् सिप विकास गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो । समयको महत्व बुझाउँदै उहाँले दैनिक सामाजिक सञ्जाल वा अन्य काममा बिताएको समयलाई विश्लेषण गरी हरेक पल पुनः प्राप्त नहुने भएकोले खेर नफाल्न आग्रह गर्नुभयो ।
पाल्पा जिल्लाका विभिन्न विद्यालयहरूबाट उतीर्ण तीन दर्जन बढी विद्यार्थीहरूलाई सम्मान गर्दै कार्यक्रमका प्रमुख अतिथि मेघराज पौडेलले विद्यार्थीमा लगनशीलता, लक्ष्य प्राप्तिका लागि लगाव, र सफलताको लागि शुभकामना दिनुभयो ।
कार्यक्रमका अध्यक्ष क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण भुसालले विद्यार्थी लगनशील, अनुशासित र इमान्दार हुनका लागि आग्रह गर्दै क्याम्पसमा शैक्षिक विातावरण निर्माणका लागि सञ्चालक समितिले प्रयाश गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तब्य राख्दै क्याम्पस प्रमुख विना के सी ले क्याम्पसका कार्यक्रम, विद्यार्थीका लागि सुविधा एवम् अवसरहरूबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रम क्याम्पस परीक्षा समिति संयोजक हरिमाया ज्ञवालीले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय