latest
रिब्दीकोट भित्रका विद्यार्थीहरुको मुटु स्वास्थ्य परिक्षण  ||    न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा   ||    तानसेनमा नेवार बौद्ध समुदायका सांस्कृतिक मूल्यबारे छलफल  ||    युवा : उमेर होइन, सम्भावनाको नाम हो  ||    अमेरिकी दूतावासको सहयोगमा २० उदीयमान उद्यमीको व्यवसाय प्रदर्शनी, पाल्पाली ढाका उत्कृष्ट २० मा  ||    रामपुर नगरपालिकाको वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाई  ||    मिलेनियम स्कुल चमेना गृहमा ग्यास दुर्घटनामा घाइते बालिकाको उपचारका क्रममा मृत्यु  ||    करदाता सेवा कार्यालय हटाइँदा सेवाग्राहीलाई सास्ती, पुनः स्थापना गर्न जोड  ||   
बिहिबार , भाद्र ४, २०८३

पाल्पा, असार २५

त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाले आफ्नो ७२औँ वार्षिकोत्सव, छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रम सरस्वती पूजाबाट सुरु गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले क्याम्पसको गौरवशाली इतिहास स्मरण गर्दै यसको स्थापना, विकास र उन्नयनमा अग्रजहरूले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरेका थिए। क्याम्पसले सात दशकभन्दा लामो शैक्षिक यात्रा तय गर्दै यस क्षेत्रको उच्च शिक्षाको केन्द्रका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरिएको थियो।

क्याम्पस प्रमुखले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पसले विभिन्न उतारचढाव पार गर्दै वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो। उहाँले हाल क्याम्पसमा कर्मचारी अभाव, प्राध्यापकहरूको उचित व्यवस्थापन हुन नसकेको अवस्था, भौतिक पूर्वाधारको कमजोरी तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्नुपर्ने चुनौतीहरू रहेको उल्लेख गर्नुभयो। यी समस्याको समाधानका लागि सबै पक्षको साझा सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो।

कार्यक्रममा उत्कृष्ट प्राध्यापक, कर्मचारी तथा छात्रवृत्ति प्राप्त विद्यार्थीहरूलाई सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको थियो। साथै सम्मानित व्यक्तित्वहरूलाई बधाई ज्ञापन गर्दै उपस्थित अतिथि तथा सहभागीहरूलाई धन्यवाद व्यक्त गरिएको थियो।

शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि, तानसेन नगरपालिकाका नगरप्रमुख तथा पूर्व क्याम्पस प्रमुख सन्तोषलाल श्रेष्ठले क्याम्पसको विकासमा सम्पूर्ण पाल्पालीको चासो र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले क्याम्पसको शैक्षिक उन्नयनका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिँदै वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो।

विशिष्ट अतिथि निवर्तमान क्याम्पस प्रमुख टंकप्रसाद भट्टराई, पूर्व क्याम्पस प्रमुख केशवराज शर्मा तथा क्याम्पस व्यवस्थापन समितिका सदस्य धनेन्द्रराज घिमिरेले क्याम्पसले लामो इतिहास निर्माण गरेको उल्लेख गर्दै वर्तमान यथार्थलाई आत्मसात् गरी भविष्यतर्फ योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

सम्मानित प्राध्यापक निर्दोष खनालले आफ्नो परिवारसँग क्याम्पसको भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै “हाम्रो परिवारमा क्याम्पसको रगत नै बगेको छ” भन्ने भाव व्यक्त गर्नुभयो। सम्मानित कर्मचारी संघरत्न शाक्यले क्याम्पसबाट सम्मानित हुन पाउँदा आफूलाई भाग्यमानी ठानेको बताउँदै क्याम्पसको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

त्यसैगरी, प्राध्यापक संघका सभापति शारदाप्रसाद भट्टराई, कर्मचारी संघका सभापति डुकुलराज ढकाल तथा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)का अध्यक्ष मिलन घर्ती मगरले शुभकामना व्यक्त गर्दै प्राध्यापक, कर्मचारी र विद्यार्थीका समस्या समाधानतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो।

वार्षिकोत्सव कार्यक्रम क्याम्पसको इतिहास, वर्तमान अवस्था र भविष्यका चुनौतीबारे गम्भीर छलफल गर्दै छात्रवृत्ति वितरण र सम्मान समारोहका साथ सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय