latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

 

पाल्पा, असार १० — माछापुच्छ्रे बैंक को पाल्पा शाखाले श्री आदर्श आधारभूत विद्यालयलाई कम्प्युटर सहयोग गरेको छ। विद्यालयमा रहेका अधिकांश कम्प्युटर बिग्रिएका र आर्थिक अभावका कारण नयाँ कम्प्युटर खरिद तथा पुराना उपकरण मर्मत गर्न कठिनाइ भइरहेको अवस्थालाई ध्यानमा राख्दै बैंकले उक्त सहयोग प्रदान गरेको हो।

विद्यालयमा आयोजित एक कार्यक्रमका बीच पाल्पा शाखाका शाखा प्रबन्धक विक्रान्त राना, समाजसेवी कला दाहाल तथा बैंकका अन्य कर्मचारीले संयुक्त रूपमा विद्यालयकी उपप्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेका थिए।

कार्यक्रम संयोजक पद्मा भट्टराईका अनुसार बैंकबाट प्राप्त सहयोगले विद्यालयको प्रशासनिक कार्यसम्पादनलाई थप सहज बनाउनुका साथै कम्प्युटर विषय अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक सिकाइमा महत्वपूर्ण टेवा पुग्नेछ।

विद्यालय प्रशासनले प्राप्त सहयोगप्रति बैंकप्रति आभार व्यक्त गर्दै यसले विद्यालयमा प्रविधिमैत्री शिक्षण–सिकाइ वातावरण निर्माण गर्न र शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय