latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
आइतबार , असार २८, २०८३

पाल्पा, असार ७
एक समय सामान्य उपचारका लागि पनि जिल्ला सदरमुकाम वा ठूला सहर धाउनुपर्ने बाध्यता थियो । रिब्दीकोट गाउँपालिका ३, खस्यौली प्राथमिक स्वास्थ्य केन्द्रले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन थालेपछि स्थानीयसँगै छिमेकी गाउँपालिकाका तथा जिल्लाका नागरिकको रोजाइ बन्दै गएको छ ।

ग्रामीण क्षेत्रमा रहेको स्वास्थ्य केन्द्रले उपचारको गुणस्तर, स्वास्थ्यकर्मीको आत्मीय व्यवहार र प्रभावकारी सेवाका कारण सेवाग्राहीको विश्वास जित्दै गएको हो । दैनिक रूपमा पाल्पाका विभिन्न स्थानका साथै गुल्मी र अर्घाखाँचीबाट समेत बिरामी उपचारका लागि यहाँ पुग्ने गरेका छन् ।
रैनादेवी छहरा गाउँपालिका २, पाल्पाकी दुर्गा पोखरेल भन्नुहुन्छ हामीलाई धेरै सुविधा भएको छ । पहिला सामान्य जाँच गर्न पनि तानसेन पुग्नै पर्ने थियो, दिनमात्र होईन धेरै दिन बित्दै जान्थ्यो पोखरेलले भनिन्, अहिले हामीलाई फरक पालिकाको स्वास्थ्य चौकी भएर पनि घरमै भएजस्तै गरि राम्रो सुविधा दिएको छ ।

स्वास्थ्य सेवामा सहज पहुँच, समयमै उपचार र जिम्मेवार सेवा प्रवाहका कारण केन्द्रप्रति नागरिकको भरोसा उल्लेखनीय रूपमा बढेको स्थानीय बताउँछन् । सामान्यदेखि विभिन्न स्वास्थ्य समस्याको उपचार गाउँमै प्राप्त हुन थालेपछि बिरामीले अनावश्यक खर्च र लामो यात्रा गर्नुपर्ने बाध्यता पनि घटेको छ ।

स्वास्थ्य सेवा केवल औषधि वितरणमा सीमित नभई सेवाप्रतिको समर्पण, विश्वास र आत्मीय व्यवहारसँग जोडिने उदाहरणका रूपमा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र स्थापित हुँदै गएको छ। ग्रामीण भेगमै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको सन्देश दिँदै केन्द्रले स्थानीय सरकारको स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धतालाई पनि थप बलियो बनाएको छ।

स्थानीय सुर्य प्रसाद नेपाल भन्छन्, सेवाको गुणस्तर निरन्तर सुधार हुँदै जाँदा खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र ग्रामीण क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवाको सफल नमुनाका रूपमा परिचित बन्दै गएको छ । “डाक्टरले राम्रोसँग जाँच गरेर आवश्यक उपचार र औषधि दिनुहुन्छ । त्यसैले यहाँ आउने बिरामीको संख्या पनि बढिरहेको छ,“ उनले भने । स्वास्थ्य केन्द्र प्रमुख डा. चुडामणि रेग्मीको नेतृत्वमा रहेको स्वास्थ्यकर्मीको टोलीले दैनिक करिब एक सय बढी बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । सामान्य उपचारदेखि आकस्मिक स्वास्थ्य सेवासम्म केन्द्रले नियमित रूपमा सेवा दिइरहेको छ ।

स्वास्थ्य केन्द्रमा एक्स–रे, प्रयोगशाला (ल्याब), ओपीडी, इमर्जेन्सी, प्रसूति सेवा, एम्बुलेन्स, स्वास्थ्य बीमा तथा फार्मेसी लगायतका सेवा प्रभावकारी रूपमा सञ्चालनमा छन् । ग्रामीण क्षेत्रमा नै यी सेवा उपलब्ध हुँदा स्थानीयवासीलाई उपचारका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा घटेको छ । अर्का सेवाग्राही तेजबहादुर बिक पनि गाउँमै सहज र गुणस्तरीय उपचार सेवा पाउँदा आफूहरू सन्तुष्ट रहेको बताउँछन् ।

पत्रकार नवराज ज्ञवालीले सेवाग्राहीको सन्तुष्टि बढ्दै जाँदा पालिकालाई चुनौती पनि थपिएको भन्दै डाक्टरहरुको सेवालाई निरन्तरता दिन प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्ने बताउँछन् । विशेषगरी स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा लिने बिरामीको संख्या बढ्दो छ । समयमै स्वास्थ्य परीक्षण, आवश्यक औषधिको उपलब्धता र सहज उपचार व्यवस्थाले सेवाग्राहीलाई ठूलो राहत पुगेको छ। साथै, प्रसूति सेवाले मातृ तथा शिशु स्वास्थ्य सुधारमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको स्थानीयको भनाइ छ ।

स्वास्थ्य केन्द्रका प्रमुख डा. रेग्मीसहित स्वास्थ्यकर्मीहरू चौबीसै घण्टा बिरामीको सेवामा समर्पित रहने गरेका छन्। बिरामीप्रति देखाइने जिम्मेवारी, आत्मीय व्यवहार र संवेदनशील उपचार पद्धतिले स्वास्थ्य केन्द्रले नागरिकको भरोसा जित्न सफल भएको छ ।
“बिरामीको उपचार र उहाँहरूको स्वस्थ जीवन नै हाम्रो सबैभन्दा ठूलो खुशी हो । सेवाको गुणस्तर अझ प्रभावकारी बनाउँदै लैजान हामी निरन्तर प्रयासरत छौं,“ डा. रेग्मीले भने ।
्सेवाग्राहीका अनुसार पछिल्ला वर्षहरूमा स्वास्थ्य केन्द्रको सेवा थप गुणस्तरीय, व्यवस्थित र प्रभावकारी बन्दै गएको सेवाग्राही सन्तुष्टिमा समेत देखिएको सामाजिक परिक्षण गर्ने संस्था पिपुल्स क्रियशनका प्रतिनिधि शोबाकान्त न्यौपानेले बताए । ग्रामीण क्षेत्रमै सहज, सुलभ र भरपर्दो स्वास्थ्य सेवा उपलब्ध गराउन सफल भएका

ले खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र अहिले यस क्षेत्रका नागरिकका लागि आशाको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनी बताउँछन् ।
स्वास्थ्य केन्द्रको प्रभावकारी सञ्चालन र सेवाको निरन्तरताका लागि रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्की, व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष नारायणबहादुर केसी (कार्की), स्वास्थ्य शाखा तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सक्रिय भूमिका महत्वपूर्ण रहेको भन्दै यसलाई टिकाई राख्ने कार्यक्रमको निरन्तरता दिईने रिब्दीकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले बताए । स्वास्थ्य संस्थाप्रति नागरिकको बढ्दो विश्वासले गुणस्तरीय सार्वजनिक स्वास्थ्य सेवाको प्रत्यक्ष अनुभूति गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय