latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

 

तानसेन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तानसेन नगर कमिटीको अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनबाट जीवन पाण्डेय को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।

पाण्डेयको नेतृत्वमा गठित नयाँ कार्यसमितिमा कलावती दाहाल उपसभापति, विष्णु पौडेल सचिव र यम बहादुर थापा रेग्मी सह-सचिवमा चयन भएका छन् ।

समितिका सदस्यहरूमा पद्मा भट्टराई श्रेष्ठ, शेषकान्त रेग्मी, सुमन कार्की क्षेत्री, शोकि श्रेष्ठ, सरस्वती पाण्डे, मनकला भट्टराई र शोभा सुनार रहेका छन् ।

प्रतिनिधिहरूको टुङ्गो

अधिवेशनले केन्द्रीय, प्रदेश र जिल्ला तहका प्रतिनिधिहरू पनि सर्वसम्मत चयन गरेको छ ।

  महाधिवेशन प्रतिनिधि : विदुर घिमिरे र भीम बहादुर कुमाल

  प्रदेश प्रतिनिधि : रविन्द्र आचार्य र दशरथ पाण्डे

  जिल्ला प्रतिनिधि : मान बहादुर थापा, डिल्लीराज सापकोटा र जनक नेपाल

कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य मन्जु भुषालले पाल्पाको समग्र विकासमा आफूले केन्द्रबाट निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “पाल्पाको विकास निर्माण र जनताका मुद्दालाई सरकारको प्राथमिकतामा राख्न म आफैं लागिपरेको छु,” भुषालको भनाइ थियो ।

अधिवेशनमा रास्पाका जिल्ला स्तरीय नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

नयाँ नेतृत्वले तानसेन नगरमा पार्टीको संगठन विस्तार र स्थानीय मुद्दाहरूमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय