latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आकस्मिक सेवाबाहेक निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने अन्य स्वास्थ्य बीमा सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ । बोर्डको बढ्दो वित्तीय संकटलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाइएको छ ।

स्वास्थ्य बीमा बोर्डको २०८३ असार ११ गते बसेको बोर्ड बैठकको निर्णयअनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवाबाहेकका अन्य स्वास्थ्य बीमा सेवा आगामी जेठ १६ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिने भएको हो ।

बोर्डले जारी गरेको पत्रमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनका क्रममा वित्तीय दायित्व बढ्दै गएको तथा भुक्तानी व्यवस्थापनमा चुनौती देखिएकाले यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ । बोर्डका अनुसार आकस्मिक सेवा भने यथावत् सञ्चालनमा रहनेछ ।

उक्त निर्णयबारे जानकारी गराउँदै स्वास्थ्य बीमा बोर्डले सबै निजी सेवा प्रदायक स्वास्थ्य संस्थालाई आवश्यक समन्वय गर्न अनुरोध गरेको छ । बोर्डका निमित्त कार्यकारी निर्देशक शुक्रतला प्रजापतिद्वारा हस्ताक्षरित पत्रमा सम्बन्धित निकायलाई निर्णय कार्यान्वयन गर्न आग्रह गरिएको छ ।

यस निर्णयसँगै स्वास्थ्य बीमा सेवामा निर्भर रहेका सेवाग्राही प्रभावित हुने सम्भावना देखिएको छ । विशेषगरी निजी अस्पताल तथा क्लिनिकमार्फत नियमित उपचार, परीक्षण तथा अन्य सेवा लिइरहेका बीमित नागरिकले अब आकस्मिक अवस्थाबाहेक अन्य सेवा सहज रूपमा नपाउने अवस्था सिर्जना हुन सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरू बताउँछन् ।

स्वास्थ्य बीमा कार्यक्रमको दिगोपन, अस्पताललाई भुक्तानी र सेवा प्रवाहको प्रभावकारिताबारे पछिल्लो समय विभिन्न बहस भइरहेका बेला बोर्डको यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय