latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पाको रम्भा गाउँपालिकामा विषालु जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ। रम्भा गाउँपालिका–५, फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही स्थानकी ३५ वर्षीया बालकुमारी खाम्चाको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईका अनुसार उनीहरूले गत शुक्रबार घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए।

च्याउ खाएपछि शनिबार बिहानदेखि बान्ता तथा झाडापखाला हुन थालेपछि उनीहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

विषालु च्याउ खाएर बिरामी परेकी ५० वर्षीया यममाया जर्घा मगरको भने अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार उनको अवस्था गम्भीर रहेको छ।

यसैबीच, पाल्पाका तानसेन, निस्दी र माथागढी क्षेत्रमा पनि विषालु च्याउ खाँदा १२ जना बिरामी परेका छन्। उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय