latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

 

पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त जिल्लाको रूपमा घोषणा गरिएको छ। यसरी घोषणा भएको पाल्पा देशमै पहिलो जिल्ला हो।

जिल्लाका सबै गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति सेवा पाएका छन्। यससँगै पाल्पालाई पूर्णखोप सुनिश्चितता दिगोपना भएको जिल्ला पनि घोषणा गरिएको छ।

जिल्लामा कुल २,२६२ महिलाले स्वास्थ्य संस्थामा प्रसूति गराएका छन्। चार पटक गर्भ जाँच गराउनेको संख्या ९४.५६ प्रतिशत छ भने तीन पटक प्रसूति जाँच गराउनेको संख्या ९७.५७ प्रतिशत छ।

जिल्लाका १० वटै स्थानीय तहका ८१ वटै वडामा दिगोपना सुनिश्चित भएपछि यो घोषणा गरिएको हो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिलाई बधाई दिनुभयो। उहाँले पाल्पा अस्पताललाई ५० शय्याको बनाउने बताउनुभयो।

प्रदेश सभामुख तुलाराम घर्तीमगर र स्वास्थ्य मन्त्री खेम बहादुर सारुले पनि पाल्पाको उपलब्धिको प्रशंसा गर्नुभयो। उहाँहरूले स्वास्थ्यकर्मीको मेहनत र नेतृत्वको प्रशंसा गर्नुभयो।

यो घोषणाले सन् २०३० सम्मको दिगो विकास लक्ष्यअनुसार मातृ तथा नवजात शिशु मृत्युदर घटाउने लक्ष्यमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रम जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिको आयोजनामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय