आइतबार , भाद्र ७, २०८३

पाल्पा, ५ जेठ

पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गरिएको छ । आज तानसेनमा आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण संस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्ण संस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपनाको प्रमाणपत्र प्रदान गरि जिल्लालाई पूर्ण संस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गर्नुभएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले यो सफलता हासिल गर्न भूमीका खेल्ने सम्पूर्ण स्वास्थ्यसंग सम्बन्धित सरोकारवालहरुलाई धन्यबाद दिनुभयो । मुख्यमन्त्री आचार्यले स्वयसेबिकाहरुको अथक मेहनतले नै सबै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै प्रसुति सेवा लिएर आमा र शिशुको जीवन जोगाउन सफल भएको बताउनुभयो ।
पाल्पाका दशवटै स्थानीय तहले निश्चित मापडण्ड पूरा गरि प्रत्येक बर्ष पूर्ण संस्थागत प्रसुती सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरि सकेपछि त्यसलाई स्वास्थ्य कार्यालय र प्रदेश सरकारबाट अनुगमन भएपछि जिल्लालाई लुम्बिनी प्रदेश सरकारले प्रमाण प्रदान गरि घोषणा गर्दै आएको छ ।

पाल्पालाई पूर्णखोप र दीगोपनाका लागी सबै स्थानीय तहले ९५ प्रतिशत भन्दा बढी बालबालिकाले पूर्ण खोप पाएको हुनुपर्ने छ । पाल्पालाई २०६९ सालदेखी नै यो कार्यक्रम सुरु गरि २०७० सालमा नेपालमै पहिलो पटक पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय