latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

चौथो न्यु युथ युनियन कपमा सुर्यमुखी युवा क्लब, रुपन्देहीले विजयी शुरुवात गरेको छ ।

सुर्यमुखीले फर्साटिकर युवा क्लब, फर्साटिकरलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो । तानसेन स्थित टुँडिखेल मैदानमा भएको खेलमा सुर्यमुखीका लागि शम्भु घर्ती र सुनिल थापाले गोल गरे । खेलमा सुर्यमुखीका सुनिल थापा म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै सुर्यमुखी क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत बैशाख १६ गते बुधबारको खेल आयोजक न्यु युथ युनियन क्लब, पाल्पा र न्यु हिमाली युवा क्लब, चिलाङ्दी, पाल्पा बीच हुने आयोजकले जानकारी दियो ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,५५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २६ गतेका दिन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय