latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, रामपुर नगरपालिकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । बैंकको पहुँचका हिसाबले भौगोलिक रुपमा टाढा रहेका वडाका लाभग्राहीहरुको सुविधाका लागि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । पालिकाले नगरभित्र रहेका विभिन्न बैंकहरुसंगको सहकार्यमा प्रत्येक त्रैमासिक रुपमा भत्ता वितरण गरिरहेको छ ।

नगरपालिकाले वडा नं. १,२,९ र १० का नागरिकहरुको सुविधाका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । यसैविच रामपुर नगरपालिका वडा नं।९ मा भत्ता वितरण सहित सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेशन शिविर सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा नं।९ ले नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेड रामपुर शाखाको सहकार्यमा सामाजिक सुरक्षा वितरण गरेको हो । वडा नं।९ को वडा कार्यालयमा १ सय ८२ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । बैंकले १९ लाख ५० हजार रुपैयाँ वितरण गरेको नेपाल इन्भेष्टमेन्ट बैंक रामपुर शाखाका प्रमुख बाबुराम कंडेलले जानकारी दिनुभयो । रामपुर नगरपालिका संग समन्वय गरेर बैंकले सेवा प्रदान गर्दै आएको उहाँको भनाई छ । नगरपालिकाले वडाबाटै भत्ता वितरण र बायोमेट्रिक भेरिफिकेशन सेवा प्रदान गरेपछि लाभग्राहीहरु खुशी भएका छन् । आफ्नो सामाजिक सुरक्षा भत्ता लिनकै लागि सवारी साधन मार्फत रामपुरको बेझाँड बजार पुग्नु पर्ने र आउजाउ गर्दा विगतमा १ हजार रुपैयाँ भन्दा बढी खर्च भएको र अहिले त्यो बाध्यता हट्दा खुशी लागेको रामपुर ९ का थान बहादुर पाटा मगरले बताउनुभयो ।

गाडीमा लामो समय सम्म यात्रा गर्दा बृद्धबृद्धाले सास्ती खेप्नु परे पनि अहिले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउँदा सजिलो भएको उहाँले बताउनुभयो । यस्तै रामपुर ९ कै भिमिसरा नेपाली अहिले एक पैसा पनि खर्च नगरी आफ्नो सामाजिक सुरक्षा भत्ता पाउँदा सुख शान्ती भएको बताउनुहुन्छ । अहिले घरकै खाना खाएर घर नजिकैबाट भत्ता बुझ्न पाउँदा गाडी भाडा र खाजा खर्च संगै समयको पनि बचत भएको उहाँले बताउनुभयो ।वडाबासीहरुको सेवा सहजताका लागि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडा नं।९ का अध्यक्ष डिल बहादुर रानाले बताउनभयो । बैंक सम्म आउन जानका लागि बृद्धवृद्धा र असक्त नागरिकलाई समस्या हुन र उक्त समस्यालाई मध्येनजर गरेर वडाबाटै भत्ता वितरण गर्दै आएको रानाले बताउनुभयो । साथै सोही अवसरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीका लागि राष्ट्रिय परिचयपत्र मार्फत बायोमेट्रिक भेरिफिकेशन गरेको छ ।

वडा कार्यालयमा भएको शिविरमा १ सय ४१ जनाको बायोमेट्रिक भेरिफिकेशन गरेको रामपुर नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख प्रतिमा घिमिरेले जानकारी दिनुभयो । शिविरमा १ सय ८ जना जेष्ठ नागरिक , ४ जना दलित जेष्ठ नागरिक, २० जना जेष्ठ नागरिक एकल ,६ जना एकल महिला र ३ जना अति अशक्त नागरिकको बायोमेट्रिक भेरिफिकेशन गरिएको वडा सचिव चिन्तामणि भण्डारीले बताउनभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय