latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

तिलोत्तमा । तिलोत्तमा व्यापार सङ्घ (चेम्बर अफ कमर्स) ले फुटपाथमा राखिएका अवैध संरचना, निर्माण सामग्री, ठेलागाडा तथा पसलका सामान हटाउन आग्रह गरेको छ ।

सङ्घको वैशाख ६ गते बसेको बैठकले सडक सीमाभित्र राखिएका यस्ता सामग्रीका कारण पैदल यात्रुलाई आवतजावतमा समस्या हुनुका साथै सहरी सौन्दर्यमा समेत नकारात्मक असर परेको निष्कर्ष सहित यस्तो आग्रह गरेको हो ।

सङ्घका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जारी गरेको सूचनामा नगरलाई स्वच्छ, सफा, व्यवस्थित र सुन्दर बनाउने अभियानमा सबै व्यवसायी र घरधनीको साथ आवश्यक रहेको उल्लेख गरिएको छ ।

सूचनामा तोकिएको मितिदेखि ७ दिनभित्र सडक सीमा मिचेर राखिएका सबै सामग्री तथा संरचना सम्बन्धित व्यक्तिले स्वयं हटाउन अनुरोध गरिएको छ ।

 

अन्यथा नगरपालिकाको नियमअनुसार कारबाही प्रक्रिया अघि बढ्ने सङ्केत गरिएको छ । व्यापार सङ्घले नगर क्षेत्रलाई व्यवस्थित बनाउन सबै पक्षलाई सहयोगका लागि अपिल समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय