latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले रुपन्देही र नवलपरासीमा यौनपेशाकर्मी संङ्गठीत रहेको तथ्य सार्वजनिक गरेका छन् । उनले रुपन्देही र नवलपरासीमा यौनपेशाकर्मी संङ्गठीत रहँदा पाल्पाका सेवाग्राही रहेको समेत बताए ।

परिवार स्वास्थ्य केन्द्रसहित विभिन्न गाउँपालिकामा सञ्चालन गरिएका क्लिनिक तथा समुदायस्तरका कार्यक्रममार्फत हजारौं सेवाग्राही लाभान्वित भएका छन्। सन् २०२४ र २०२५ मा मात्रै दुई लाखभन्दा बढी सेवाग्राहीले विभिन्न स्वास्थ्य सेवा तथा रेफरल सुविधा प्राप्त गरेको जानकारी दिँदै उहाँले सेवा विस्तार भए पनि जनचेतनाको कमी, सीमित स्रोत र पहुँचको अभावजस्ता चुनौती अझै कायम रहेको परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपानेले बताए ।

जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशिका गैरे ज्ञवालीले प्रजनन स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र संघबीच सुदृढ समन्वय आवश्यक रहेको बताईन्। घट्दो जन्मदर, परिवर्तनशील सामाजिक संरचना र युवापुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तार गर्नुपर्ने बताए ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले संघले सरकारी स्वास्थ्य प्रणालीलाई महत्वपूर्ण सहयोग पुर्‍याएको बताए । विशेषगरी दुर्गम क्षेत्रमा सुरक्षित प्रजनन सेवा पुर्‍याउन संघले स्वास्थ्य कार्यालयसँग समन्वयात्मक भूमिका निर्वाह गर्दै आएको भनाइ थियो।

संघका अध्यक्ष शुशील शाक्यले परिवार नियोजन सेवाको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै सीमित स्रोतसाधनका बाबजुद प्रभावकारी काम भइरहेको बताउनुभयो। साथै, स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि गरे।

संघका कोषाध्यक्ष माधवप्रसाद अर्यालले सेवा विस्तारसँगै वित्तीय व्यवस्थापन र स्रोतको दिगो उपयोगमा चुनौती देखिएको बताउँदै स्थानीय तहले नागरिकको सुरक्षित प्रजनन स्वास्थ्यप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले सञ्चार माध्यमले जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै प्रजनन स्वास्थ्य र परिवार नियोजनका विषयलाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा सहभागीहरूले परिवार नियोजन सेवाको प्रभावकारिता बढाउन स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन, सेवा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा सरोकारवालाबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय