latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा, २१ चैत

जनक शिक्षा सामाग्री केन्द्रले मुद्रण गर्ने पाठ्यपुस्तक यस बर्ष पाल्पामा चैत २० गते नै आईपुगेको छ ।
जिल्ला भित्रका पुस्तक तथा स्टेशनरी ब्यबसायीहरुले पाठ्यपुस्तक जिल्लामा सबै कक्षाको आईसकेको जनाएका छन् । नेपाल पुस्तक तथा स्टेशनरीब्यबसायी महासंघ पाल्पाका अध्यक्ष राम प्रसाद पन्थी कक्षा १ देखी १० सम्मका सबै पुस्तक आएको बताउनुभयो ।

लुम्बिनी प्रदेशका सातबाट जिल्लामा पाठ्यपुस्तक बितरण गर्दै आएको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड लुम्बिनी प्रदेशिक कार्यालय बुटवलले भौगोलिक बिकटताका आधारमा जिल्ला अनुसार पाठ्यपुस्तक बितरण चैत १६ गतेबाट सुरु गरेको हो । लुम्बिनी प्रदेशका साबिकका पहाडी जिल्लामा यस बर्ष पाठ्यपुस्तक पुगिसकेको छ ।

केन्द्र मुद्रण गर्ने कक्षा ५ देखि १० सम्मका पाठ्यपुस्तक लुम्बिनी प्रदेशका सबै पहाडी जिल्ला पुगिसकेको हो । यस बर्ष कक्षा १० को ऐच्छिक गणित र अर्थशास्त्र बिषय परिवर्तन भएको जनक शिक्षा सामाग्री केन्द्र बुटवलका जिन्सी प्रमुख राजेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रलाई पुग्ने गरि पाठ्यपुस्तक स्टक रहेको छ ।
नयाँ शैक्षिक सत्र २०८३ को लागि प्रदेशको पहाडी जिल्लामा करिब ५ करोडको पुस्तक जिल्ला जिल्लामा पुगेको जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड बुटवलकी कार्यालय प्रमुख बिष्णु पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार भोलीबाट तराईका जिल्लाहरुलाई पुस्तक बितरण सुरु हुने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय