तिनाउ खोलामा डुबेर बेपत्ता दुई भारतीय युवक मृत अवस्थामा भेटिए

पाल्पा — तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवक मृत अवस्थामा फेला परेका छन्।

मृत्यु हुनेमा भारत, उत्तर प्रदेशको सन्तकबिर नगरका १७ वर्षीय फहरान अन्सारी र १७ वर्षीय अमान अन्सारी रहेका छन्।

प्रहरीका अनुसार चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानबाट करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको हो। त्यसैगरी, अमान अन्सारीको शव सोमबार दिउँसो फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिएका छन्।

उनीहरूसँगै घुम्न आएका अन्य सात जना भने सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय