latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

तानसेन– रेग्मी जनरल सप्लायर्स तथा रेग्मी स्टार्सकी प्रोप्राइटर मञ्जु रेग्मीले माघ २५ गते दिउँसो करिब ३:३० बजे बैंकको कार्यकक्षभित्र प्रवेश गरी शाखा प्रबन्धक प्रकाश सुवेदीमाथि हातपात गरेको आरोप छ। घटनापछि शाखा प्रबन्धक सुवेदीले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएका थिए।

पाल्पामा हिमालयन बैंक, पाल्पाको तानसेन शाखाका प्रबन्धकमाथि अभद्र व्यवहार गरेको आरोपमा मञ्जु रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उक्त विवाद ऋण सम्बन्धी विषयसँग जोडिएको बताइएको छ। स्रोतका अनुसार अञ्जना बज्राचार्यको नाममा रहेको जग्गा धितो राखी लोन स्वीकृत गरिदिन दबाब दिइएको थियो। तर सम्बन्धित जग्गाधनीको सहमति बिना ऋण दिन नमिल्ने बैंकको अडानका कारण विवाद बढेको जनाइएको छ।

यसअघि सो सम्पत्तिमा करिब ६५ लाख रुपैयाँ बराबरको ऋण लिइएको र २७ लाखसम्म सहुलियत सुविधा समेत दिइएको जानकारी बाहिर आएको छ। साथै, आन्तरिक सहमतिअनुसार ६ आना जग्गा फिर्ता गर्ने विषय पनि उठाइएको बताइएको छ।

घटना रमेशराज बजाचार्यले प्रत्यक्ष (लाइभ) देखेको दाबी गरिएको छ। म लोन दिन मिल्दैन भने मलाई झापड हान्नुभयो बिहिबार पाल्पाका पत्रकारहरुसँग शाखा प्रबन्धक प्रकाश सुवेदीले भने । घटना माघ २५ गते नै भएको तर माघ २९ गतेमात्र प्रहरीले दर्ता गरेको थियो । घटना दर्तापछि पनि प्रहरीले शुक्रवारमात्रै रेग्मीलाई नियन्त्रणमा लिएको हो ।पक्राउ परेकी  रेग्मी जिल्ला ग्याँस डिलर्स संघकी उपाध्यक्ष हुन् ।

झापड हानेको भिडियो सिसिटिभिमा भने नभएको बताईएको छ । रेग्मीले आफ्नो फेसबुकमा यस्तो लेखेकी थिईन्

🚨 हिमालय बैंक पाल्पा शाखाका मेनेजर र भु–माफियाको कालो कर्तुत विरुद्ध महा अभियानको एक्स्ट्रिम अपरेसन 🔥
एउटा निर्दोष महिलामाथि गरिएको अन्याय, अत्याचार र योजनाबद्ध षड्यन्त्र अब लुकाएर राख्न सकिने छैन। मिलेमतो गरी सम्पत्ति हडप्ने खेलको सबै वास्तविकता प्रमाणसहित सार्वजनिक हुँदैछ शक्तिको दुरुपयोग गरेर कमजोरमाथि थिचोमिचो गर्नेहरू सावधान — अब सत्य बाहिर आउँदैछ।📢 अन्यायको पर्दाफास र सत्यको आवाज दबाउन खोज्नेहरूमाथि कडा प्रहार हुने छ।
🚨 एक्स्ट्रिम अपरेसन छिट्टै रिलिज हुँदैछ — हेर्न नभुल्नुहोला!सत्य ढिलो हुन सक्छ, तर पराजित कहिल्यै हुँदैन।🙏🇳🇵 #सत्यको_विजय #अन्यायविरुद्ध #महा_अभियान

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय