latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

झापा। शान्ति, एकता र सकारात्मक सन्देश विश्वभर फैलाउने उद्देश्यले पाल्पाका तीन युवाद्वारा सुरु गरिएको ९ दिने ‘महाकाली–मेची साइकल यात्रा’ झापाको मेची पुलमा पुगेर सम्पन्न भएको छ।

पाल्पाका ३७ वर्षीय विज्ञान बज्राचार्य, २५ वर्षीय सन्ताम थाइवा र २४ वर्षीय सुबिनमान बज्राचार्यले सुदूरपश्चिमको महाकालीस्थित चाँदनी–दोधाराबाट यात्रा सुरु गरेका थिए। उनीहरूले करिब ११०० किलोमिटर दूरी ९ दिनमा पार गर्दै पूर्वी नाका काकडभिट्टास्थित मेची पुलमा पुगेर यात्रा टुंग्याएका हुन्।

यात्राको समापनका अवसरमा काकडभिट्टामा आयोजित कार्यक्रममा नेपाल साइकल संघका केन्द्रीय सदस्य तथा भद्रपुर नगरपालिकाका पूर्व मेयर जीवनकुमार श्रेष्ठ, साइकल सर्कल काकडभिट्टाका अध्यक्ष अर्जुन सुब्बा लगायतले यात्रुहरूलाई स्वागत गरेका थिए।

यात्रामा सहभागी युवाहरूले देशभर शान्ति, सहअस्तित्व र सकारात्मक सोच प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको बताएका छन्। उनीहरूले आगामी दिनमा पनि यस्ता सामाजिक सन्देशमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्। #news #purbigarjan

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय