latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

नेकपा एमाले पाल्पाले सबै वडा कमिटीहरू विघटन गरेको छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले ल्याएको परिणामबारे समीक्षाका लागि बसेको बैठकले अहिलेकै अवस्थामा पार्टी पङ्क्तिलाई अगाडि बढाउन नसकिने भन्दै सबै वडा कमिटीहरू विघटन गरेको हो।
तानसेन नगरपालिकामा १४ वटै वडामा एमालेका वडा कमिटी गठन गरिएका थिए। ती सबै कमिटी विघटन गरिएको नगर अध्यक्ष गुराँस आत्रेयले जानकारी दिए।
‘अब कार्यकर्ताहरूको रोजाइ अनुसार चुस्त दुरूस्त र कामकाजी कमिटी गठन हुन्छन्,’ आत्रेयले भने।
आत्रेयका अनुसार नगर र वडामा अर्को कमिटी गठन नहुँदासम्म भने अहिले विघटन गरिएका पुरानै कमिटीले काम गर्ने छन्।
नयाँ कमिटी गठनका लागि जेठ ३ गते नगर कमिटी गठनका लागि अधिवेशन गर्ने निर्णय गरिएको छ भने तीन महिनाभित्र सबै वडा कमिटीहरूले अधिवेशन गर्ने निर्णय भएको उनले बताए।
अध्यक्ष आत्रेयले अहिले रहेको केन्द्रीय नेतृत्व परिवर्तन नहुँदासम्म पार्टी अगाडि बढ्न नसक्ने निष्कर्ष सहित नेतृत्व पुनर्गठनका लागि जिल्ला र केन्द्रीय कमिटीलाई दबाब दिनका लागि पनि आफूले नगर र वटा कमिटी विघटन गरेको बताए।
‘यो निर्णय माथिल्ला कमिटीहरूका लागि दबाब पनि हो, अहिलेकै अवस्थाले अब पार्टी अगाडि बढ्न सक्दैन,’ उनले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय