latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, फागुन ३०

पाल्पाको बगनासकाली गाउँपालिका–२ रोकाडाडा स्थित सिद्दार्थ राजमार्ग सडकखण्डमा बोलेरो पिकअप र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

पाल्पाको आर्यभञ्ज्याङ्गबाट बर्तुङतर्फ आउँदै गरेको लु १ प ३७४० नम्बरको बोलेरो पिकअपले विपरीत दिशाबाट जाँदै गरेको लु ८४ प ४३४८ नम्बरको स्कुटरसँग ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक माथागढी गाउँपालिका–१ निवासी ३६ वर्षीय खिलेश्वर घर्ती मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते मगरलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको बताईए पनि पुष्टि गर्न बाँकी छ । परिवारजनलाई  अस्पताल बोलाईएको प्रहरीले जनाएको छ।खिलेश्वर घर्ती मगर भारतीय सेनामा कार्यरत रहेको वडाध्यक्ष राजकुमार पन्थीले बताए ।

बोलेरो पिकअपका चालक पूर्वखोला गाउँपालिका निवासी २५ वर्षीय युवकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय