पाल्पामा ४४ दशमलव ६९ प्रतिशत मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलाे दल बनेकाे छ । सोमबार सम्पन्न मतगणना अनुसार कुल १ लाख १२ हजार ८ सय ८४ सदर मत मध्ये रास्वपाले ५० हजार ४ सय ५२ मत प्राप्त गरेको छ । पाल्पामा ३ हजार ८ सय ६१ मत बदर भएको छ ।
रास्वपाले ४४.६९ प्रतिशत सहित पहिलो स्थान सुरक्षित गर्दा नेकपा एमाले २४ हजार ९ सय ६६ मतसहित दोस्रो, नेपाली कांग्रेस २४ हजार ६ मतसहित तेस्रोमा रहेको छ । नेपाली कम्युनिस्ट पार्टीले ५ हजार २ सय ८६ मत प्राप्त गर्दै चौथो र श्रम संस्कृति पार्टीले ३ हजार ५ सय ५८ मत प्राप्त गरेकोे छ । नेसनल रिपब्लिक अर्गनाइजेसनले १ हजार ५४ मत पाउँदा राप्रपाले १ हजार ३ सय ९९ र राष्ट्रिय जनमोर्चाले ५ सय २३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
समानुपातिकमा पाल्पा क्षेत्र नम्बर १ मा रास्वपालाई १९ हजार ७ सय ३८ मत दिएका छन् । प्रत्यक्षतर्फ पहिलो बनेको कांग्रेस समानुपातिकमा १३ हजार १ सय ७१ मत पाएको छ । समानुपातिकतर्फ क्षेत्र नम्बर १ मा नेकपा एमालेले १५ हजार १ सय ६५, कांग्रेसले १३ हजार ४ सय १५, नेपाली कम्युनिस्ट पार्टीले १ हजार ५४ मत पाएको छ । श्रम संस्कृति पार्टीको माटो चिन्हलाई १ हजार ७ सय ९५, राप्रपालाई ४ सय ८७, राष्टिय जनमोर्चाले १ सय ५५, नेसनल रिपब्लिक अर्गनाइजेसनले ५ सय ४३ मत पाएका छन् । क्षेत्र नम्बर १ मा समानुपतिकतर्फ ५४ हजार ८ सय १२ मत खसेको थियो भने ५२ हजार ८ सय ९२ मत सदर भएको छ । क्षेत्र १ मा १ हजार ९ सय २० मत बदर भएको थियो ।
समानुपातिकतर्फ क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी मत ल्याएको छ । क्षेत्र नं २ बाट रास्वपाले ३० हजार ७ सय १४ मत पाएको छ । नेपाली कांग्रेसले १० हजार ८ सय ३५ मत पाएको छ भने नेकपा एमालेलाई ९ हजार ८ सय १ मत मिलेको छ । नेपाली कम्युनिस्ट पार्टीलाई ४ हजार २ सय ३२, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई ९ सय १२, श्रम संस्कृतिलाई १ हजार ७ सय ६३ मत प्राप्त भएको छ । नेसनल रिपब्लिकलाई ५ सय ११ मत प्राप्त भएको छ । राष्ट्रिय जनमोर्चालाई ३ सय ६८ मत प्राप्त भएको छ । क्षेत्र २ मा ६१ हजार ८ सय ४६ मत प्राप्त भएको थियो भने ५९ हजार ९ सय ९२ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १ हजार ८ सय ४१ मत बदर भएको छ ।
क्षेत्र नम्बर १ पाल्पामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका सन्दीप राना १८ हजार ३ सय ३६ मतसहित विजयी भए । रानाका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नारायणप्रसाद आचार्यले १६ हजार ८ सय १९ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विमल पन्तले १४ हजार ३ सय ३३ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ रास्वपाका माधव थापाले २६ हजार ७ सय ३६ मत सहित विजयी बने । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमालदत्त श्रेष्ठले १२ हजार ९ सय ९२ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेका ठाकुरप्रसाद गैरेले १० हजार ५ सय ३, नेपाली कम्युनिस्ट पार्टीका सोमप्रसाद पाण्डेयले ५ हजार सय ८८ र नेसनल रिपब्लिक नेपालका देवप्रसाद श्रेष्ठले ६ सय ९३ मत प्राप्त गरेका थिए ।
पाल्पामा बदर भएका अधिकांश मतहरुमा दुई वा सो भन्दा बढी चिन्हहरुमा मतदान गरेको भेटिएको थियो ।











