latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

मुक्ति न्यौपाने
पाल्पा÷प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणनामा अनुसार पाल्पामा एकमा नेकपा एमाले र नेपाली कांग्रेसका उमेदवार बीच प्रतिस्पर्धा रोचक बनेको छ ।
पछिल्लो मतगणना अनुसार नेकपा एमाले सूर्य चिन्हका उम्मेदवार नारायण प्रसाख आचार्यको अग्रता छ । हालसम्म प्राप्त मतपरिणाम अनुसार आचार्यले १४ हजार १०४ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेस रुख चिन्हका उमेदवार सन्दीप रानाले १३ हजार ४६४ र घन्टी चिन्ह रास्वपाका उमेदवार १० हजार ८९३ मत प्राप्त गरेका छन् ।
हालसम्म निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका साथै तिनाउ गाउँपालिका–५, तानसेन नगरपालिका–८ र रामपुर नगरपालिका–१ देखि ४ सम्मको मतगणना सकिँएको छ । जम्मा ५४ हजार २ सय ३० मत मध्ये ४२ हजार ११४ मत गणना सकिएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।
पाल्पा १ मा ४० हजार ५२२ मत सदर र १ हजार ७९२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ पाँचकुने तारा ८६८, उडिरहेको मौरी ६६२, कुखुराको भाले २२६, हलो ९७, गिलास ९४, काउली २९, क्याप २८, गुलाब चिन्ह ३५, कप र प्लेट १४, मसी ८ मत प्राप्त भएको छ । यसैबीच रामपुर नगरपालिका वडा नं. ५ र ६ को मतगणना जारी रहेको छ।
क्षेत्र नम्बर एक पाल्पामा कुल ९८ हजार ३८३ मतदाता रहेको थिए । जसमध्ये ५५ दशमलव १२ प्रतिशत मतदान भएको थियो ।
पाल्पा क्षेत्र नम्बर १ मा २०५१ सालदेखि नेकपा एमालेका उम्मेदवार विजयी हुँदै आएका थिए । एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३१ हजार १०३ मत सहित विजयी बनेका थिए । यस क्षेत्रमा एमालेले २०५१ सालदेखि एमालेले आफ्नो लाल किल्ला कायम राख्दै आएको थियो । यहाँ २०५१ मा दलबहादुर राना, २०५६ मा भद्र बहादुर थापा, २०६४ सालको संविधानसभा निर्वाचनमा दलबहादुर राना र २०७९ मा नारायण प्रसाद आचार्य विजयी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय