latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल पन्तको अग्रता देखिएको छ । पन्तले ५ सय ३३ मत प्राप्त गरेका छन् । उनका निकटतम नेकपा एमालेका उमेदवार नारायण प्रसाद आचार्यले ३ सय ३ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसका उमेदवार सन्दीप रानाले १ सय ५२ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पार्टीबाट पाल्पामा क्षेत्र नम्बर १ का उमेदवार हुमबहादुर सुनारीले १ सय ४८ मत प्राप्त गरेका छन् । यहाँ पाल्पामा राप्रपाका बहृस्पति अर्यालले २ मत प्राप्त गरेका छन् ।
पाल्पा क्षेत्र नम्बर १ को तिनाउँ गाउँपालिका ५ को मतगणना भैरहेको हो । पाल्पा क्षेत्र नम्बर २ मा भने बिहान ९ बजे सर्वदलिय बैठक बसेरमात्र मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालय पाल्पाले जनाएको छ ।
क्षेत्र नं १ मा कुल ९८ हजार ३ सय ८३ मतदाता रहेका छन् । क्षेत्र नं २ मा कुल १ लाख ९ हजार ५३ मतदाता रहेका छन् । जिल्लामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदाता रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय