latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा÷ पाल्पामा ५५ दशमलव ६१ प्रतिशत मत खसेको छ । क्षेत्र नम्बर एक पाल्पामा कुल ९८ हजार ३८३ मतदाता मतदाताहरु मध्ये ५४ हजार २ सय ३० जनाले मात्र मतदान गरेका हुन् । यो ५५ दशमलव १२ प्रतिशत हो ।
यस्तै पाल्पा क्षेत्र नम्बर दुईमा ५५ दशमलव ९७ अर्थात् ६१ हजार १ सय ४१ जनाले मतदान गरेका छन् । यहाँ कुल एक लाख पाँच हजार ५४३ मतदाता रहेका छन् ।
पाल्पामा दुवै क्षेत्र गरी कुल दुई लाख ७ हजार ४६६ मतदाता रहेका छन् । जसमा एक लाख १५ हजार ३७१ जनाले मतदानमा सहभागी भई आफ्नो मत प्रदान गरेका हुन् ।
क्षेत्र नम्बर १ मा ३० हजार ८०१ महिला र २३ हजार ४२९ जना पुरुषले मतदान गरे । यस्तै क्षेत्र नम्बर २ मा ३३ हजार १२१ जना महिला र २८ हजार २० जना पुरुषहरुले मतदान गरेका हुन् ।
१० स्थानीय तह रहेको पाल्पाको क्षेत्र १ अन्तर्गत रामपुर नगरपालिका, निस्दी, पूर्वखोला, रम्भा, माथागढी गाउँपालिका छन् । तानसेनको वडा ८, तिनाउको ५ पनि क्षेत्र १ मा पर्छ । पाल्पा–२ मा तानसेन नगरपालिका वडा नं. ८ बाहेक अन्य सबै, वगनासकाली, तिनाउँको ५ बाहेक अन्य, रिब्दीकोट र रैनादेवीछहरा गाउँपालिका रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय