latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पाल्पा क्षेत्र नं. १ का नेकपा (एमाले) उम्मेदवार नारायणप्रसाद आचार्यले आफ्नो व्यक्तिगत शोकको घडीमा पनि क्षेत्रको विकास र समृद्धिका लागि दृढ संकल्प व्यक्त गर्दै मतदाताहरूसँग भावनात्मक अपील गर्नुभएको छ ।
चुनावी अभियानको व्यस्त समयमै पूजनीय पिताको असामयिक निधनका कारण शोकमा रहनुभएका आचार्यले भौतिक रूपमा घरदैलोमा उपस्थित हुन नसके पनि मन र संकल्प सधैँ जनताकै सेवामा रहेको बताउनुभएको हो ।
उम्मेदवार आचार्यले जारी गर्नुभएको अपीलमा भनिएको छ, “चुनावको यो अन्तिम घडीमा यहाँहरूको घरदैलोमा आएर आशिर्वाद लिने ठूलो इच्छा थियो, तर बुबाको निधनले मलाई गहिरो शोकमा पारेको छ । यो विषम परिस्थितिकामा यहाँहरूको साथ र सहानुभूति नै मेरो ठूलो शक्ति हुनेछ ।“
एमालेले नै देश र जनताको वास्तविक हितमा काम गर्ने बताउँदै उम्मेदवार आचार्यले आफ्नो क्षेत्रको सडक पूर्वाधार, आधुनिक कृषि, गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा आफू अनवरत खटिएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मैल सुरु गरेका र अधुरा रहेका योजना र यहाँहरुको सुझावलाई ध्यानमा राखेर चुनावी एजेण्डाहरू तयार गरेको उहाँले बताउर्दै प्रतिबद्धता पूरा गर्न पाल्पा–१ को समृद्धिका लागि सूर्य चिन्हमा मतदान गरी विजयी गराउन उम्मेदवार आचार्यले आग्रह गर्नुभएको छ ।
शोकमा रहेका उम्मेदवार आचार्यले आफू विजयी भएपछि पुनः प्रत्येक मतदाताको घरदैलोमा उपस्थित भई विगतमा जस्तै सुख–दुःखको साथी बन्ने बाचा समेत गर्नुभएको छ । विकास र समृद्धिको यात्रालाई निष्कर्षमा पु¥याउन एमालेका उम्मेदवारले जित्नुपर्ने जिकिर गर्दै उहाँले सम्पूर्ण मतदाता, नेता तथा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ निर्वाचनमा होमिन अपिल गर्नुभएको छ ।
उम्मेदवार आचार्यका पिता दिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार बुटवलमा निधन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय