latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पामा चुनावी अवलोकन गर्न मेचीदेखि महाकालीसम्मका व्यक्तित्व

पाल्पा, फागुन — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल तातेको छ। दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा राजनीतिक दलहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्।

पाल्पा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले चुनावी अभियानलाई सक्रिय बनाएका छन्। अनुशासित, इमान्दार र अनुभवी युवा नेताका रूपमा चिनिएका राना अन्तर्राष्ट्रिय वी.पी. चिन्तन प्रतिष्ठानका अध्यक्ष पनि हुन्। विभिन्न तहका व्यक्तिसँग उनको राम्रो पहुँच रहेको बताइएको छ।

नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा लुम्बिनी प्रदेश सदस्यसमेत रहेका रानाको सम्बन्ध आफ्नै पार्टीभित्र मात्र नभई अन्य दलका नेताहरूसँग पनि रहेको छ। विद्यार्थी जीवनदेखि नै सक्रिय उनी १०२ राष्ट्रको विद्यार्थी संगठनमा सचिवका रूपमा करिब आधा दशक काम गरेका थिए।

चुनावी अभियानका क्रममा देशका विभिन्न स्थानबाट नेता तथा विज्ञहरू पाल्पा आएका छन्। स्थानीय मतदाता, शुभेच्छुक र समर्थकहरूको साथले आफूले विजय हासिल गर्ने विश्वास उम्मेदवार रानाले व्यक्त गरेका छन्।

शुक्रबार रानाको चुनावी क्षेत्रको अवलोकन गर्न नेपाली कांग्रेसकी उपसभापति पम्फा भुषालदेखी लुम्बिनी प्रदेश सभा सदस्य निमा गिरी, मिना जी.सी. सहित झापा, दाङ, प्युठान, कालिकोटलगायत जिल्लाबाट नेता तथा प्रतिनिधिहरू पाल्पा आएका थिए।

निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी गतिविधि बढेको छ। सोमबारदेखि मौन अवधि सुरु हुनेछ भने बिहीबार मतदान हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय