latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

 

पाल्पा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विमल पन्तले प्रस्तावित ड्याम तथा नदी डाइभर्सन परियोजनाको कडा विरोध गर्दै उक्त योजना कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी दिनुभएको छ।

सेरोफेरोसँगको कुराकानीमा पन्तले स्थानीय जनताको हितविपरीत हुने कुनै पनि परियोजना स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। उहाँले “जहाँ ड्याम बाँधिन्छ, त्यहीँ मर्न तयार छु, तर डाइभर्सन हुन दिँदिन” भन्दै परियोजनाप्रति आफ्नो दृढ अडान व्यक्त गर्नुभयो।

पन्तले प्राकृतिक स्रोत, वातावरण तथा स्थानीय समुदायको अधिकारको संरक्षण प्राथमिकता हुनुपर्ने उल्लेख गर्दै विकासका नाममा जनताको अस्तित्व र पहिचानमा असर पर्ने योजना अस्वीकार्य रहेको बताउनुभयो। उहाँले स्थानीय बासिन्दाको सहमति बिना कुनै पनि परियोजना अघि बढाउनु उचित नहुने धारणा पनि राख्नुभयो।

उहाँले सम्बन्धित निकायलाई स्थानीयको भावना बुझेर मात्र निर्णय गर्न आग्रह गर्दै आवश्यक परे आन्दोलनको बाटो रोज्न बाध्य हुने चेतावनी दिनुभयो। कार्यक्रममा उपस्थित स्थानीयवासीले पनि ड्याम तथा डाइभर्सन योजनाप्रति चिन्ता व्यक्त गर्दै आफ्नो अधिकार र स्रोत संरक्षणका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय