latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

पाल्पा÷“सेवा एउटा भाषण होइन, प्रतिज्ञा होइन, काम र परिणाम हो” मूल मन्त्र लिएर अगाडी बढेका छन् ३८ वर्षीय सन्दीप राना । नेपाली कांग्रेसबाट पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उमेदवार राना अहिले घरदैलोमा मत माग्न व्यस्त छन् ।
सन्दीप भन्छन्, युवा रोजगारी, कृषि उपजको बजार, गुणस्तरीय स्वास्थ्य सेवा, र पर्यटनमार्फत स्थानीय अर्थतन्त्र बलियो बनाउने अवसर ठूलो छ । वडास्तरमै समस्या सूचीकरण, प्राथमिकता निर्धारण, कार्ययोजना सार्वजनिक, र नागरिकसँग नियमित प्रगति अपडेट गर्ने कुरामा म प्रतिवद्ध छु ।
फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्दै सन्दीपले सात सङ्कल्प गरेका छन् । कालिगण्डकी करिडोर क्षेत्रलाई वैदिक स्मार्ट गाउँ बनाउने, रामपुरमा ट्रमा सेन्टर स्थापना गर्ने र आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म कालीगण्डकीको एक थोपा पानी पनि डाइभर्सन गर्न नदिने उनका तीन सङ्कल्प हुन् । यस्तै सुशासनलाई प्राथमिकता राख्दै पूर्वाधारहरुको निर्माण, ऐतिहासिक धार्मिक र सांस्कृतिक महत्वलाई स्थापित गर्दै पर्यटनका माध्यमबाट स्वरोजगारी सिर्जना, कृषि तथा पशुपालनलाई व्यवसायिकरण गर्ने र युवा स्टार्टअप अभियान सञ्चालन गर्ने उनका सङ्कल्प हुन् ।
सङकल्प पत्रमा सार्वजनिक गरिएका विषयवस्तु जनताको मत पाएर संसदमा पुगे पनि नपुगे पनि पुरा गर्ने प्रयासमा जुट्ने सन्दीपको सङकल्प छ । मेरो मुख्य जिम्मेवारी नीति निर्माण गर्नु नै हो, सन्दीपले भने, नीतिगत र कार्यगत भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रशासन संयन्त्र निर्माण गर्नमा जोड दिँदै जनताबीच गरेका सङ्कल्प पुरा गर्नेछु ।
देशका युवाहरुलाई स्वदेशमै रोजगार र स्वरोजगारको व्यवस्था गर्ने वातावरण बनाउने छु । युवा स्टार्टअप जस्ता अभियानका लागि परियोजनाको आधारमा १५ लाखसम्मको बिनाधितो कर्जाका लागि नीति ल्याउन पहल गर्नेछु । वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई सिकेको सीप र अनुभवको आधामार स्वदेशमै रोजगार र स्वरोजगारको वातावरण मिलाउने छु । कृषिमा निर्भर रहेको समाजलाई आफू र आफ्नो परिवारलाई पुग्ने अन्न आफैं उत्पादन गर्ने अभियान ल्याउने छु । रैथाने बाली संरक्षरण र स्थानीय उत्पादनलाई बढवा दिने नीतिका लागि पहल गर्नेछु । पाल्पा क्षेत्र १ का ३७ वटै वडामा माटो परीक्षण गरी माटो सुहाँउदो एक वडा एक कृषि बाली उत्पादनको अभियान ल्याउने छु । दर्छा, सिलुवा, पिलुवा, सहलकोट, सुकेकोट, वीरकोट, मोहरीया वाकुमगढी, माथागढी जस्ता क्षेत्रलाई ऐतिहासिक गौरव पर्यटन क्षेत्रको रूपमा विकास गर्नेछु । रामपुरफाँट सिँचाइको नहर पुनर्निर्माण, हुँगी अर्सेदीको आँधीखोला जलविद्युत् आयोजनाको सिँचाइलाई स्तरोन्नति, गल्धाफाँट सिँचाइ योजना, झडेवा, माथागढी फाँट (मटेरी) योजना, निस्दी धिर्जे, मुढावास, ताकातुङ्ग, खोकखोला, अगाहाखोल, निकिचौर, रामपुर वडा नं १० को कुमालगाउँ, डमराफाँट, भलायटार सिँचाइ योजनाका कामलाई अगाडि बढाउनेछु । उज्यालो पाल्पा अभियानलाई प्राथमिकतामा राख्ने र निर्वाचन क्षेत्र नं. १ का विद्युतीकरण हुन बाँकी सम्पूर्ण टोल र बस्तीहरूमा आगामी ५ वर्षभित्र अनिवार्य रूपमा केन्द्रीय प्रसारण लाइनमार्फत विद्युतीकरण सम्पन्न गर्नेछु उमेदवार रानाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय