latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

पश्चिम नेपालको शैक्षिक घरोहरको रुपमा रहेको तानसेन स्वास्थ्य उपचार पाइने प्रमुख गन्तव्यको रूपमा समेत रहेको स्थान हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेनलाई पहाडकी रानी उपमाले चिनिन्छ । तानसेनले स्वास्थ्य र शिक्षाको क्षेत्रमा योगदान पुर्याएको पुरानो इतिहास छ ।
पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार हिमालदत्त श्रेष्ठले तानसेनमा रहेको त्रिभुवन बहुमुखी क्याम्पस, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज र पाल्पा अस्पतालको दीर्घकालिन, योजनाबद्ध बिकासले नै पाल्पा र तानसेनको बिकासमा टेवा पुग्ने बताउनुभएको छ ।
उम्मेदवार श्रेष्ठले तानसेन  नगरपालिका भित्रका विभिन्न वार्डहरुमा चुनावी भेटघाट तथा घरदैलोको अभियानका क्रममा आफ्नो कार्य योजना बताउदै मतदाताहरुसंग भेटघाटको क्रममा तानसेनमा स्वास्थ्य,शिक्षा र पर्यटनको प्रमुख गन्तव्यको रूपमा आगाडी सार्ने बताउनुभएको हो ।
उहाँले तानसेन पर्यटनको व्यापक सम्भावना बोकेको स्थान भएकाले संघीय सरकारले नीति निर्माण गर्ने र स्थानीय सरकारले पर्यटनको बिकास गर्नुपर्ने धारणा राख्नुभयो ।  उम्मेदवार श्रेष्ठले संघीय संसदले नै बिकासका काम गर्ने धारणा बिकास भएको अब सांसदले बिकासमा बाधक रहेका कानुन परिबर्तन गरि छिटो गर्ने नीतिनिर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आज उम्मेदवार श्रेष्ठ सहित नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता तानसेन नगरपालिका वडा नं. ५÷९ र ६ मा घरदैलो कार्यक्रम गरिरहनुभएको छ ।
कार्यक्रमका क्रममा उम्मेद्वार श्रेष्ठले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा तथा विकास योजनाबारे जानकारी गराउनुभएको थियो ।  नेता तथा कार्यकर्ताहरूले घरघरमा पुगेर मतदातासँग छलफल गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि अपिल गरेका थिए । स्थानीयवासीहरू यस पटक पाल्पाका युबा उम्मेदवार हिमालदत्त श्रेष्ठलाई रुख चिन्हमा मतदान गरि बिजय गराउने अठोट गरेको बताए ।
घरदैलोको क्रममा भुकम्प र कोरोना महामारीको कठिन समयमा उहाँले देखाउनुभएको सक्रियता र मानवीय सहयोगलाई आम मतदाताले उच्च मूल्याङ्कन गरेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय