latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा ।
भुकम्प र कोरोना महामारीको जरजर अबस्थामा आम पाल्पाली जनताको साथमै रहेका युवा नेता हिमालदत्त श्रेष्ठ यति बेला नेपाली कांग्रेस पाल्पा क्षेत्र नम्बर—२ बाट रुख चुनाब चिन्ह लिएर जनताको घरघरमा हुनुहुन्छ । कठिन समयमा उहाँले देखाउनुभएको सक्रियता र मानवीय सहयोगलाई आम मतदाताले उच्च मूल्याङ्कन गरेको पाइएको छ ।

उहाँले भुकम्पको समयमा जनतालाई अस्थाई टहरा बनाउने, पाल त्रिपाल बितरण गर्ने,राहत संकलन गर्ने लगायतका काममा दिनरात नभनी खटिनुभएको थियो । उहाँले कोरोना समयकालमा, मक्स,सेनेटाइजर,औषधी लगायतका सामाग्री बिदेशबाट सहयोग मगाएर बितरण गर्नुभएको थियो । श्रेष्ठले बिरामीको अवस्था बुझ्ने कमजोर आर्थिक अवस्था भएका नागरिकलाई सहयोग जुटाएर खाद्यान्न, लत्ताकपडा सहयोग जुटाउने काममा निरन्तर लाग्नुभउको थियो । उहाँकै पहलमा नेपाली काङ्ग्रेसका पूर्व केन्द्रिय सदस्य पुर्ब मन्त्री स्वर्गीय नबिन्द्र राज जोशीले दोश्रो अन्तिम कार्यक्रम गरेको स्थान पाल्पा रम्भा गाउँपालिका–१ हुँगि (जहाँ स्वर्गीय जोशी ज्यु को प्रमुख अथितीको रुपमा आमसभालाई सम्बोधन गर्नु भएको ) स्वास्थ्य चौकीलाई उहाँकी धर्मपत्नि सपना जोशीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

सामाजिक तथा स्वच्छ छबी भएका उम्मेद्धर श्रेष्ठ अहिले चुनावी कार्यक्रमका क्रममा स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा तथा विकास योजनाबारे जानकारी गराई रहनुुभएको छ । नेता तथा कार्यकर्ताहरूको घरघरमा पुगेर मतदातासँग छलफल गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनका लागि अपिल गरि रहनुभएको छ । मतदाताहरूले यस पटक पाल्पाका युबा उम्मेदवार हिमालदत्त श्रेष्ठलाई रुख चिन्हमा मतदान गरि बिजय गराउने अठोट गरेको बताए ।
पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार श्रेष्ठ पछिल्लो समय तानसेन नगरपालिका भित्र चुनावी भेटघाट तथा घरदैलोको अभियान सुरु गर्नुभएको छ । उम्मेदवार श्रेष्ठ सहित वडा तहका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थितिमा तानसेन नगरपालिका वडा नं. १÷२÷३÷४÷६ मा घरदैलो कार्यक्रम गरिरहनुभएको छ । उहाँले नेपाली काङ्ग्रेस पार्टीले अब गफले नभई, नीतिगत निर्णयलाई कार्यान्वयन सहित अगाडी बढ्ने कुरामा दृढ रहेको बताउनुभयो । “विश्वास छ, तपाईंहरुको विवेकको मत यसपटक रुख चिन्हमा हुनेछ ।“ उम्मेदवार श्रेष्ठले तानसेनबासी मतदाता समक्ष मत माग्दै भन्नुभयो । उहाँले समावेशी समाज निर्माण, समान अधिकारको सुनिश्चितता तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय लगायत सबै नागरिकको हक–हितका लागि प्रतिबद्धता जनाउनुभएको छ । उहाँको जितले न्यायपूर्ण र समावेशी समाज निर्माणमा थप टेवा पुग्ने  विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय