latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

नेपाली कांग्रेसका तर्फबाट पाल्पा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्दीप रानाले कालीगण्डकी उपत्यका क्षेत्रलाइ वैदिक स्मार्ट गाउँ बनाउँनेदेखी रामपुर अस्पताललाइ ट्रमा सेन्टर र मेडिकल कलेज बनाउनेसम्मकाे संकल्प प्रस्ताव सार्वजनिक गरेका छन् । बुधबार रमेणेश्वर मन्दिर रम्भामा पत्रकार भेटघाट मार्फत् संकल्प प्रस्ताव सार्वजनिक गर्दै उमेदवार रानाले कालिगण्डकी  डाइभर्सन योजनालाई कुनै पनि हालतमा सफल हुन नदिने उद्घोष गर्नुभएको छ । पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै रानाले आफ्नो शरीरमा एक थोपा रगत रहेसम्म कालीगण्डकीको एक थोपा पानी पनि डाइभर्सन गर्न नदिने चेतावनी दिनुभयो ।

रानाले कालीगण्डकी डाइभर्सन परियोजना यस क्षेत्रका लागि घातक रहेको बताउँदै भन्नुभयो, “यदि पानी अन्तै लैजाने हो भने यो क्षेत्रको पर्यावरण पूर्ण रूपमा नष्ट हुनेछ । यसले पाल्पा मात्र होइन, पानी लैजाने भनिएको बुटवल क्षेत्रको वातावरणमा समेत गम्भीर असर पु¥याउँछ ।” उहाँले डाइभर्सनका कारण यहाँका हरियाली वनजङ्गल मरुभूमिमा परिणत हुने र स्थानीय जलचक्र खल्बलिने दाबी गर्नुभयो ।

उम्मेदवार रानाले केराबारी क्षेत्रको भौगोलिक संवेदनशीलताका बारेमा चर्चा गर्दै भन्नुभयो, “केराबारीको पहाड कमजोर छ, यहाँ कुनै पनि बेला भूकम्प जान सक्ने जोखिम छ । यस्तो अवस्थामा ठूला भौतिक संरचना र प्राकृतिक बहाव परिवर्तन गर्दा विकास भन्दा बढी विनाश निम्तिन सक्छ ।” उहाँले चुरे क्षेत्रको अन्धाधुन्ध दोहन रोकेर यसलाई व्यवस्थित बनाउनु आफ्नो मुख्य एजेन्डा रहेको बताउनुभयो ।

प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफूले तिनाउ नदीमा रिभर गार्डेनको अवधारणा ल्याएको रानाले जानकारी दिनुभयो । विकासलाई वातावरणसँग जोडेर लैजानु नै आफ्नो प्राथमिकता रहेको उहाँको भनाइ थियो ।

आफ्नो चुनावी स्थितिबारे चर्चा गर्दै रानाले पाल्पा क्षेत्र नं. १ का जनता परिवर्तनको पक्षमा रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको उत्साह देख्दा हामी १० हजारभन्दा बढी मतान्तरले चुनाव जित्नेमा पूर्ण रूपमा विश्वस्त छौं ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय