latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३
तानसेन । नेपाली कम्युनिष्ट पार्टी, पाल्पा क्षेत्र नंं २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले तारा चिन्हमा मतदान गरी आर्थिक समृद्धिको बाटो रोज्न मतदातालई अनुरोध गरेका छन् । मंगलबार रिब्दीकोट गाउँपालिकाको विभिन्न वडामा घरदैलो गर्दै उम्मेद्वार पाण्डेयले आफू साझा उम्मेद्वार भएको हुँदा ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्।उम्मेद्वार पाण्डेयले पाल्पाली जनताले विकास र समृद्धि चाहने बताउँदै त्यसको नेतृत्व विगतदेखि आफूले गरेको हुँदा आगामी निर्वाचनमा पनि विजयी हुने दावी गरे । आफू जनप्रतिनिधि भएदेखि पाल्पालीको सेवामा मात्रै केन्द्रित भएर अघि बढेको बताउँदै नेता पाण्डेयले अब आर्थिक समृद्धिको खाका कोर्नका लागि जनताले आफूलाई नै विजयी बनाउनेमा ढुक्क रहेको बताए ।

पूर्व मन्त्री समेत रहेका नेता पाण्डेयले घरदैलोको क्रममा देखिएको माया र जनताले दिने साथको प्रतिबद्धताले आफू निकै उत्साहित रहेको बताए ।नेता पाण्डेयले भने, “अहिले जसरी म प्रति तपाइँहरु सकारात्मक हुनु भएको छ। यो नै मेरो सम्पत्ति हो, मैले जनप्रतिनिधि भएदेखि सुशासनको प्रत्याभूति र भ्रष्ट्राचारको विपक्षमा उभिएर काम गर्दै आएको छु । अब पनि मेरो सक्रियता निरन्तर रहने छ।”उनले थपे, -“पश्चिम पाल्पाको रिबदीकोट र रैनादेवीलाई अकबरे खुर्सानी र सुन्तला को जोनका रुपमा विकास गरी स्थानीयलाई आयआर्जनसंग जोड्न र उतपादित उपजको बजारीकरण तथा विविधिकरणमार्फत स्वरोजारी सृजना गरी बसाइसराई रोक्न म प्रतिबद्ध छु ।”घरदैलोका क्रममा स्थानीय मतदाताले विकासका योजनाको माग तथा केही सुझा दिएको थिए। नेता पाण्डेयले आफू पदमा हुँदा या नहुँदा जहिले पनि नागरिकका गुनासा सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय