latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा नेपाली काङ्ग्रेसका युबा र नयाँ उमेदवार युवा माझ लोकप्रिय बनेका छन् । पाल्पा—२ का युवा उम्मेद्धार हिमालदत्त श्रेष्ठ बिद्यार्थी तथा नबयुवा माझ झनै लोकप्रिय बन्नुभएको छ । उहाँको सक्रियता तथा निर्वाचनको समयमा जनताको घरदैलोसम्म पुग्ने र सुझाब सल्लाह लिने कामको निरन्तर लगाब र मेहनत लोभलाग्दो रहेको छ । युवा उमेरमै राजनिति तथा समाजसेवालाई मुल धर्म बनाएर लाग्नुभएका श्रेष्ठले प्रतिनिधिसभा सदस्य बनेर जनताको सेवाको भावलाई उच्च प्राथमिकताका साथ काम गर्ने संकल्प गर्नुभएको छ ।
जेनजी आन्दोलनको भावना अनुसार युबा उमेदवार पाउँदा पाल्पाका युबा मतदाता (जो पहिलो पटक मतदान गर्दै छन्) झनै उत्साही भएको घरदैलोको क्रममा पाइएको पाल्पा–२ का रुख चिन्हका उमेदवार श्रेष्ठले बताउनुभयो । उमेदवार श्रेष्ठ अहिले माथागढीको चिदिपानी, बगनासकालीको चापपानी, चिर्तुङघारा लगायतका स्थानमा निरन्तर युबा, समाजसेबी, तथा महिला दिदी बहिनीको आँगनमा हुनुहुन्छ ।
अन्य दलले पट्क पट्क दोहोरीएका उम्मेदवारलाई निर्वाचनमा उठाएपनि पाल्पाका दुबै क्षेत्रमा नेपाली काङ्ग्रेसले युवा पुस्ताका नेता हिमालदत्त श्रेष्ठ र सन्दीप रानालाई पहिलो पटक प्रतिनिधिसभामा प्रतिनिधित्व गराउदै छ । नो नट अगेनको मर्मलाई यी दुई सशक्त युबाको उम्मेद्बारीले सम्बोधन गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । विशेष गरी युवाहरूको चाहना युबा उम्मेदवार श्रेष्ठ र रानाको पक्षमा देखिएको छ । नेपाली काँग्रेसको रूपान्तरण अभियानसँगै पाल्पाको क्षेत्र नम्बर १ मा ३८ बर्षका सन्दिप राना र क्षेत्र नम्बर २ मा ४५ बर्षका हिमालदत्त श्रेष्ठको उमेद्वारीले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय