पाल्पा क्षेत्र नम्बर—२ का रुख चिन्हका उम्मेद्धार युवा नेता हिमालदत्त श्रेष्ठ निरन्तर पाल्पाली जनताको घरदैलोमा हुनुहुन्छ ।
नेताहरु चुनाबको समयमा मात्र जनताको घरदैलोमा पुग्ने गर्दन भन्ने मान्यता उहाँको सन्दर्भमा लागु नहुने स्वयम् जनताहरु बताउछन् । बिद्यालय जीवनदेखी नै बिद्यार्थीको पिरमर्का समस्या बुझ्न घर—घर (कोठा कोठा) पुग्ने बानी परेका श्रेष्ठ सुख दःखमा सधै जनताको साथमा हुनुहुन्छ ।
मनोनय दर्ता भएपछि नेपाली कांग्रेसका सशक्त उम्मेद्धार श्रेष्ठ आफ्नो निर्वाचन क्षेत्रका कुना कुनामा पुगेर नागरिकका समस्या सुन्ने, समस्या टिपेर आफ्नो योजनामा समाबेस गराउने काम गरि रहनुभएको छ । उहाँ पाल्पाको दक्षिणी भेग तिनाउ गाउँपालिका, पश्चिमी भेग रैनादेबी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिका, सदरमुकाम तानसेन नगरपालिका, उत्तरी भेग बगनासकाली गाउँपालिका सहित माथागढीको चिदीपानी लगायतका ठाँउमा जनताको भावना, बिचार, गुनासो, सुझाब संकलनमा ब्यस्त हुनुहुन्छ । जनताको माझमा बिगत देखिनै नजिक रहनुभएका श्रेष्ठ रोजागारीको अवसर नभएको, बिकासले गति लिन नसकेको, कृषि उत्पादनले बजार नपाएको, बालि नालिमा जंगली जनावरले दुख दिएको, खानेपानी सडकको समुचित ब्यबस्था नभएको, गुणस्तरीय शिक्षाको अभाब रहेको लगायतका गुनासा जनताबाट आएको बताउनुहुन्छ ।
उहाँले जनताको अपेक्षा ठूलो हुनु स्वभाबिक रहेको बताउदै समस्याको समाधानका लागि कानुननै संसोधन गर्नुपर्ने अबस्था रहेकाले त्यो कानुन बनाउने ठाउँमा आफु पुगे कानुन संसोधनका लागि डटेर लाग्ने बिश्वास दिलाउनुभयो । कानुनी अड्चनले नै जनतामा सरकारी सेवा लिन तथा बिकासको मोडलमा समस्या रहेकाले त्यसमा ध्यान पुग्ने उहाँको धारणा छ ।
श्रेष्ठ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन मार्फत पहिलो पटक जनप्रतिनिधिको रुपमा जनताको अभिमत सहित केन्दि«य भुमीकामा देखिदै हुनुहुन्छ । नेपाली कांग्रेसका १०९ जना उम्मेद्धारले पहिलो पटक प्रतिनिधिसभाको टिकट पाउदा उहाँ पनि एक अब्बल र युवा उम्मेद्धारको रुपमा प्रस्तुत हुनुभएको छ । बौद्धिक क्षमता निति निमार्णमा दख्खल राख्ने श्रेष्ठ बोलेका कुरा कार्यान्वयन गर्ने युवा नेताको रुपमा पाल्पाली जनता माझ परिचित हुनुहुन्छ ।










