latest
श्री आदर्श आधारभूत विद्यालयलाई माछापुच्छ्रे बैंक पाल्पा शाखाद्वारा कम्प्युटर सहयोग  ||    सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||   
बिहिबार , असार ११, २०८३

सीता डोटेल, पाल्पा ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा पाल्पामा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ । विशेष गरी युवाहरूको सक्रियता उल्लेख्य रूपमा बढेको छ ।
नेपाली काग्रेंसले दुवै निर्वाचन क्षेत्रमा नयाँ अनुहारको साथमा युवा उमेद्वार उठाएको छ । जेनजी समुहको पनि प्रतिनिधित्व हुने गरि युवा उमेद्वार उठाएको हो । नेपाली काँग्रेसको रूपान्तरण अभियानसँगै पाल्पाको क्षेत्र नम्बर १ मा ३८ बर्षका सन्दिप राना र क्षेत्र नम्बर २ मा ४५ बर्षका हिमालदत्त श्रेष्ठको उमेद्वारीले कार्यकर्ता तथा समर्थकमा नयाँ ऊर्जा थपेको छ ।
पाल्पामा ठुला दल नेपाली काग्रेंस र नेकपा एमाले बिच नै मुख्य प्रतिस्पर्धा हुदै आएको छ । देशले परिवर्तन खोजिरहेको र युवा चाहिरहेको बेला नेकपा एमालेले पुरानैलाई दोहो¥याएको हो । पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट निर्वतमान सांसद ५६ बर्षका नारायण प्रसाद आचार्य उमेद्वार हुनुहुन्छ । उहाँ क्षेत्र नम्बर १ को ख बाट त्यस अघि प्रदेश सभामा निर्वाचित सांसद हुन् ।
२०७९ सालको निर्वाचनमा उमेद्वार नै नपाएको राष्ट्रिय स्वतन्त्र पार्टीले ३९ बर्षका बिमल पन्तलाई उमेद्वार बनाएको छ । नेपाली कप्युनिष्ट पार्टीले ५४ बर्षिय हुम बहादुर सुनारीलाई अगाडी सारेको छ ।
पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेले निवर्तमान सांसद ५७ बर्षिय ठाकुर प्रसाद गैरेलाई उमेदवार बाएको छ । क्षेत्र नम्बर २ मा पुर्व सांसद तथा पुर्वमन्त्री समेत हुनुभएका नेपाली कम्युनिष्ट पार्टीका ७० बर्षिय सोम प्रसाद पाण्डे अर्का मुख्य प्रतिस्पर्धी हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका माधव बहादुर थापा ४५ बर्षका छन् ।
पाल्पा क्षेत्र नम्बर १ मा नेकपा एमाले र नेपाली काग्रेंस बिच मुख्य प्रतिपस्र्धा रहेकोमा पहिलो पटक यहाँ रास्वपा मैदानमा छ । क्षेत्र नम्बर २ मा नेपाली काग्रेंस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बिचको त्रिपक्षिय प्रतिस्पर्धामा रास्वपा पनि चुनाबी मैदानमा छ ।
पाल्पामा मुख्य प्रतिस्पर्धी बिच नयाँ अनुहार र युवा उमेद्वारमा मतदाता आकर्षित हुदै जाँदा आगामी निर्वाचन थप रोचक बन्ने संकेत देखिएको छ । घरदैलो, भेटघाट र विभिन्न कार्यक्रम मार्फत दुवै क्षेत्रका उम्मेदवारको प्रचारप्रसार तीव्र बन्दै गएको छ ।
सामान्य मगर परिवारमा जन्मिएका क्षेत्र नं.१ का काग्रेंस उमेद्वार राना राजनितिशास्त्र र कानुनमा स्नातक गरेका राना १०२ राष्ट्रका बिद्यार्थी संगठन विश्व बिद्यार्थी युवा संघको सचिव भएर विश्वमा शिक्षा र विकास बुझेका, जेनजी पुस्ता र राजनिति नेतृत्वबिच पुल, राजनितिकर्मीसँगको पहँुच, अन्तराष्ट्रिय क्षेत्रको अनुभव र विकासप्रतिको स्पष्ट दृष्टिकोणले मतदाताको भरोसा बढ्दै गएको देखिन्छ ।
त्यसैगरी, क्षेत्र नं. २ का युवा उम्मेदवार हिमालदत्त श्रेष्ठ युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका छन् । श्रेष्ठले अघि सारेका विकासका योजना, सपना र संकल्पले मतदाताको ध्यान तानेको छ । विशेष गरी पर्यटन, शिक्षा, रोजगार, पूर्वाधारमा सुधार निर्माण र सुधारको विषयले युवाहरूलाई आकर्षित गरेको देखिन्छ । निर्वाचनको दिन नजिकिदै जादा यी युवा दुई उमेद्वारले चुनाबी प्रचारलाई गाउँदेखि बजारसम्म पुर्‍याएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय