latest
सुशासन, छरितो सेवा र विकास निर्माणमा जोड : पाल्पाका नयाँ प्रजिअ पाण्डेको प्रतिबद्धता  ||    एचआइभी सङक्रमितलाइ मासिक ५ सयः तानसेनकाे नीति तथा कार्यक्रम  ||    शीत परिकल्पनाको छैटौं स्थापना दिवस  ||    गाउँमै विशेषज्ञस्तरको स्वास्थ्य सेवाः खस्यौली स्वास्थ्य केन्द्रले जित्दै बिरामीको मन  ||    पत्रकार बौडेललाई ज्यान मार्ने धम्की, नेपाल पत्रकार महासंघ पाल्पाको गम्भीर ध्यानाकर्षण  ||    रम्भामा स्थानीय पत्रकारको क्षमता विकाससम्बन्धी तालिम  ||    रम्भामा शिक्षकहरुको लागि शिक्षक पेशागत विकास कार्यक्रम  ||    नयाँ विद्यार्थीहरूका लागि पाणिनी कलेजले गर्यो दीक्षान्त प्रवेश अभिमुखीकरण  ||   
मंगलबार , असार ९, २०८३

पाल्पा – नेपाली कम्युनिष्ट पार्टी पाल्पा निर्वाचन क्षेत्र नं. २ ले आफ्ना उम्मेदवार सोमप्रसाद पाण्डेय को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ। तानसेनमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै पाण्डेयको विकास केन्द्रित एजेन्डा सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै उम्मेदवार पाण्डेयले पाल्पाको ऐतिहासिक, धार्मिक, शैक्षिक तथा पर्यटकीय सम्भावनालाई उच्च प्राथमिकतामा राख्दै समग्र क्षेत्रको समृद्धि आफ्नो मुख्य लक्ष्य रहेको बताए। उनले तानसेनलाई ऐतिहासिक शहरको रूपमा विकास गर्दै मौलिक शैलीका घर निर्माणमा जोड दिई पर्यटकीय आकर्षण बढाउने योजना प्रस्तुत गरे।

प्रतिवद्धतापत्रमा सिद्धबाबा–तानसेन–भैरवस्थान–रानीमहल क्षेत्रलाई समेटेर एकीकृत धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किट निर्माण गर्ने, तानसेनलाई ‘हिल स्टेशन’का रूपमा विकास गर्ने, साथै मगर समुदायको पहिचान संरक्षणका लागि ‘मगर संग्रहालय’ स्थापना गर्ने उल्लेख गरिएको छ।

यस्तै, श्रीनगर क्षेत्रलाई बुद्ध गार्डेनका रूपमा विकास गरी बुद्ध मूर्ति स्थापना गर्ने, विभिन्न विहार तथा गुम्बाको संरक्षण–निर्माण गर्ने, राम्दी क्षेत्रमा माण्डव्य ताल निर्माण गर्ने लगायतका योजना अघि सारिएका छन्।

शिक्षा क्षेत्रअन्तर्गत त्रिभुवन बहुमुखी क्याम्पस तानसेनलाई QAA मापदण्डअनुसार शैक्षिक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने प्रतिवद्धता जनाइएको छ। स्वास्थ्यतर्फ पाल्पा अस्पताललाई सुविधा सम्पन्न बनाउने र युनाइटेड मिसन अस्पताललाई अन्तर्राष्ट्रियस्तरको मेडिकल रिसर्च सेन्टरका रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ।

पूर्वाधार विकासअन्तर्गत सिद्धार्थ राजमार्ग स्तरोन्नति, विभिन्न ग्रामीण सडक कालोपत्रे, तानसेनमा अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण, ‘पाल्पा–नेपाल वार गार्डेन’ तथा युनिफिकेशन ट्रेल निर्माण गर्ने उल्लेख छ। साथै कृषि आधुनिकीकरण, कफी, सुन्तला, अदुवा, बेसार, अलैँची लगायतका नगदेबाली प्रवर्द्धन, युवा रोजगारी सिर्जना र वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि कानुनी व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

उम्मेदवार पाण्डेयले संविधानको रक्षा, सुशासन, सामाजिक न्याय र राजनीतिक स्थायित्वका पक्षमा निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै पाल्पावासीसँग समर्थनको अपिल गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय