latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा – प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (पाल्पा–१) का उम्मेदवार हुम बहादुर सुनारी मगरले आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै “तीनपाने ब्रान्डिङदेखि कालिगण्डकी डाइभर्सन रोक्नेसम्म” मुख्य एजेन्डा रहेको बताएका छन्।

तानसेनमा पत्रकार सम्मेलन गर्दै सुनारीले पाल्पाको पहिचान, कृषि उत्पादन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको स्पष्ट पारे।

उनले पाल्पाको प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई आर्थिक समृद्धिको आधार बनाउने योजना प्रस्तुत गरे। “तीनपाने हाम्रो पहिचान हो, यसलाई व्यवस्थित उत्पादन, गुणस्तर मापदण्ड र बजार विस्तारमार्फत रोजगारी र आम्दानीसँग जोड्नेछौं,” उनले भने।

त्यसैगरी, सुनारीले कालीगण्डकी नदी डाइभर्सन योजनाको कडा विरोध गर्दै यसले पाल्पाको पर्यावरण, कृषि प्रणाली र जैविक विविधतामा नकारात्मक असर पार्ने दाबी गरे। “कालीगण्डकी हाम्रो जीवनरेखा हो, यसलाई मोड्ने कुनै पनि प्रयासविरुद्ध जनतासँगै उभिनेछु,” उनले प्रतिबद्धता जनाए।

उनले स्थानीय पूर्वाधार विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पर्यटन प्रवर्द्धनलाई पनि प्राथमिकता दिने बताएका छन्। पाल्पा–१ मा विकास र संरक्षण सँगसँगै लैजान आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ।

सुनारीले जनताको अधिकार, स्थानीय स्रोतको संरक्षण र पहिचानको प्रवर्द्धनमार्फत समृद्ध पाल्पा निर्माण गर्ने लक्ष्यसहित चुनावी अभियान तीव्र पारेका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय