latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा स्वतन्त्र उम्मेदवार मोहन कुँवर थापा मगरले भने आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

पाल्पा क्षेत्र नं. २ बाट प्रेशर कुकर चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रीएका छन् स्वतन्त्र उमेदवार मोहन थापा मगर । ‘मेरो प्रतिबद्धता’ शीर्षकमा सार्वजनिक गरिएको मेरो उमेदवारी कीन? भन्दै उनले आफू पदका लागि होइन, परिवर्तनका लागि उम्मेदवारी दिएको उल्लेख गरेका छन् । विगत लामो समयदेखि पाल्पाको राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएको अनुभवलाई समेट्दै उनले राजनीतिक अस्थिरता, भ्रष्टाचार, कुशासन र वैदेशिक हस्तक्षेप रोक्दै समृद्ध राष्ट्र निर्माणतर्फ आफू केन्द्रित रहने बताएका छन् ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा २० बुँदे योजना समेटिएको छ । जसअनुसार विभेदकारी कानुनको अन्त्य, सडक–खानेपानी–स्वास्थ्य–शिक्षालाई प्राथमिकता, शिक्षामा राजनीतिक हस्तक्षेपको अन्त्य, कृषिको आधुनिकीकरण र युवालाई स्वरोजगारको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यस्तै, पर्यटन विकासमार्फत अर्थतन्त्र सुदृढ गर्ने, कृषि उत्पादनलाई व्यावसायीकरण गर्दै कृषि पर्यटन र धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ । उनले राष्ट्रिय सभाको संख्या घटाई खर्च कटौती गर्ने, विदेशी ऋण निरुत्साहित गर्ने, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई स्वदेश फर्काई सीप र लगानी उपयोग गर्ने वातावरण बनाउने, सार्वजनिक र निजी विद्यालयबीचको असमानता अन्त्य गर्ने लगायतका विषयलाई पनि प्राथमिकतामा राखेका छन् ।
कृषकलाई पाँच वर्षसम्म बिना धितो र बिना ब्याज ऋण उपलब्ध गराउने, राहत तथा करार शिक्षक व्यवस्थापन गर्ने, सांसदले निर्वाचन क्षेत्रमै बसेर योजना निर्माण गर्ने व्यवस्था गर्न पहल गर्ने जस्ता कार्यक्रम पनि प्रतिबद्धता पत्रमा समेटिएका छन् । स्वतन्त्र उमेदवार थापा मगरले मतदातासँग आफ्ना एजेन्डामा विश्वास गरी चुनाव चिन्ह ‘प्रेशर कुकर’ मा मतदान गर्न आग्रह गरेका छन् ।
राजनीतिक दलका उम्मेदवारहरूबाट औपचारिक घोषणापत्र सार्वजनिक नभएको अवस्थामा स्वतन्त्र उम्मेदवारको विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक हुनु मतदातामाझ चासोको विषय बनेको छ ।

मतदातामाझ दल तथा उमेदवारका नीति, योजना र प्रतिबद्धता स्पष्ट रूपमा सार्वजनिक हुँदा जनताकोे विश्वास बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय