latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
बुधबार , असार ३१, २०८३

फागुन ८, पाल्पा

प्रतिनिसभा निर्वाचन क्षेत्र नं. १ पाल्पा अन्तर्गत निस्दीमा कांग्रेस प्रवेशको लहर छाएको छ ।  नेपाली कांग्रेसका उम्मेदवार सन्दिप राना जेनजीकै भएकाे भन्दै स्थानीय युवाहरू कांग्रेस प्रवेश गरेका निर्वाचन प्रचारप्रसार कार्यालय कांग्रेस क्षेत्र नं. १  ले बताएकाे छ ।

निस्दी-१ बाकामलाङ्ग पुग्नु भएका कांग्रेस उमेदवार सन्दिप रानाले क्षेत्र नं. १ को मात्र नभै सिङ्गो पाल्पालीको आशाको दियो रहेको बताएका थिए । मतदाता समक्ष आफ्नो धारणा राख्नु हुँदै उहाँले पूर्वाधार विकास संगै युवाहरुलाई स्वरोजगार सृजना गरी देश मै बस्ने वातावरण निर्माण गर्ने बताउनुभयो । उहाँले जनता समक्ष राखेको बाचा पूरा गर्नमा सक्रिय रहने बताउँदै १६५ संसदिय क्षेत्र मध्ये पाल्पा क्षेत्र नं. १ लाई नमुना संसदीय क्षेत्रको रुपमा विकास गर्ने बताउनुभयो ।

रानाले पाल्पालीको शीर कहिल्यै झुक्न नदिने प्रतिवद्धता जनाउनुभयो । जेनजीको आन्दोलन पछि हुन लागेको चुनाव, बदलिएको कांग्रेसले लड्दै गरेको चुनाव र ३३ वर्ष पछि पाल्पाको नेतृत्व परिवर्तनका लागि हुन लागेको निर्वाचन भएकाले यो निर्वाचन ऐतिहासिक निर्वाचन भएको बताउनुभयो । पाल्पामा परिवर्तनको लहर छाएको बताउनुभयो । कृषि, पर्यटन र उद्यम विकास गरेर पाल्पाको परिवर्तन हुने बताउँदै पर्यटकीय स्थल, गौरव पर्यटन, सांस्कृतिक पर्यटनको रुपमा बिकास गर्ने योजना रहेको बताउनुभयो । जबसम्म भौतिक बिकास हुँदैन तबसम्म प्रगति नहुने भन्दै आर्यभञ्ज्याङ् -हुमिन- ताहुँ- बिरकोट- जब्गादी- बेलडाँडा सडक स्तरउन्नति, झडेवा गोठादी रहबास मटेरी ताकातुङ बहादुरपुर जल्पा अर्चले मित्याल झिरुबास बाकामलाङ हुँदै भोताहा सडक स्तरोन्नती, कालीगण्डकी करिडोरलाई विकासको बाणिज्य करिडोरको रुपमा विकास गर्न, आर्यभञ्ज्याङ- रानीबास, दक्षिणी भेगबाट नवलपरासीका दुम्किबास, खैरेनी, सुनवल निस्कने मोटरबाटो स्तरउन्नति, सिचाइको लागि विभिन्न नहर, उज्यालो पाल्पालाई विद्धुतको केन्द्रिय प्रशारण सबै टोल र घरमा लैजाने गरि खाका बनाएको उहाँले बताउनुभयो । शिक्षा, स्वास्थ्य, खेलकुदको स्तर वृद्धि गर्ने देखि हरेक क्षेत्रमा विकासको लागि काम गर्ने बिश्वास सहित उहाँले संकल्प पत्रमा समेटेको बताउनुभयो ।

नेपाली कांग्रेसका समनुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारीले देशैभर कांग्रेसको लहर आएको बताउँदै देशलाई जिताउन कांग्रेसलाई जिताउनु पर्ने बताउनुभयो । बदलियको कांग्रेसले देशलाई बदल्ने बताउनुभयो । देशै भरको उत्साहले कांग्रेसको जित सुनिश्चित बनाएको धारणा राख्नुभयो । कांगेस सबैलाई समेट्दै अघि बढ्ने बताउनुभयो । प्रचारप्रसारको क्रममा वडा नं. १ को पूर्वमलाङ्गमा प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । सोही अवसरमा १० जना भन्दा बढी जेनजी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरूले गाउँमा बिजुली, पानी बाटाे समेत समस्या भाेग्दै अाएकाे र अागामी दिनमा यस्ता समस्या समाधान हुने भन्दै कांग्रेस प्रवेश गरेकाे बताए ।

युवाहरुलाई नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार कृष्ण प्रसाद अधिकारी, प्रत्यक्ष उम्मेदवार सन्दिप राना, कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर राना, क्षेत्रिय सचिव कपिल बहादुर खाँण, महाधवेशन प्रतिनिधि शालिकराम पाण्डे, निस्दी गाउँपालिका सभापति पूर्ण बहादुर खाँण लगाएतले स्वागत गर्नु भएको थियो । कांग्रेस पाल्पाका उपसभापति ज्ञान बहादुर रानाले व्यवस्था परिवर्तन देखि देशलाई निकास दिन कांग्रेसले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय