latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ५ फागुन

तानसेन नगरपालिका-६ बर्तुङ्ममा रहेको  जनप्रिय माध्यमिक बिद्यालयले आफ्नो स्थापनाको ६६ औं बार्षिक उत्सब तथा अभिभावक दिबस मनाएको छ । मंगलबार एक समारोहका बिच बिधालयले विविध कार्यक्रम सहित बार्षिक उत्सब तथा अभिभावक दिबस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका-६ का वडा अध्यक्ष सागरमान महर्जनले बिधालय केबल शिक्षा प्राप्त गर्ने थलो मात्र नभइ विद्यार्थीको शैक्षिक, शारीरिक,मानसिक, खेल,कला र संस्कृति जगेर्ना गर्ने थलो समेत रहेको बताउनुभयो । उहाँले तानसेन नगरपालिका र वडा कार्यालयबाट बिधालयलाई सहयोग हुँदै आएको बताउदै बिधालयको प्रगतिमा हरदम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहका बिशिस्ट अतिथि तानसेन नगरपालिका-७ का वडा अध्यक्ष प्रदिप खनालले छिमेकी बिधालयको भौतिक प्रगति निकै लोभलाग्दो रहेको बताउदै । बिद्यार्थी संख्या वृद्धि गर्न तर्फ बिधालयको ध्यान जान जरुरी भएको धारणा राख्नुभयो । उहाँले बिधालयलाई थप प्रगतिको शुभकामना समेत व्यक्त गर्नुभयो ।

समारोहमा बिधालयका प्रधानाध्यापक हिरा आचार्यले १ करोड २७ लाख ३५ हजार ५ सय ६७ रुपैयाँ ८१ पैसा बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा बिद्यार्थीहरुले साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने बिद्यार्थीहरुलाई पुरस्कार, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गरिएको थियो । कार्यक्रममा बिधालयका पुर्ब प्रअ,पुर्ब शिक्षक,पुर्ब बिद्यार्थी,अभिभावक,चन्दादाता, अक्षयकोषदाता, समजसेबी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम बिधालय ब्यबस्थापन समितिका अध्यक्ष दयाराम पाण्डेको अध्यक्षता शिक्षक सीता बस्नेतको  स्वागत र बिधालयका सहायक प्रअ दिपक पौडेल क्षेत्रीको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय