latest
त्रिभुवन बहुमुखी क्याम्पसको ७२औँ वार्षिकोत्सव सम्पन्न, छात्रवृत्ति वितरण  ||    जेष्ठ नागरिक र लक्षित वर्गलाई सम्मान, तानसेन–६ मा ४१९ जनालाई विद्युतीय किटली वितरण  ||    तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक  ||    मूल ढोका पुनर्निर्माण अन्तिम चरणमा  ||    कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् दिलबहादुर शाक्यलाई  ||    अन्तरिम आदेशपछि वडा अध्यक्ष राजकुमार पन्थी पुनः पदबहाल, चिदीपानीमा स्वागत  ||    तीन वर्ष सेवा पूरा गरेका शिक्षकको सरुवा हुने, नयाँ शिक्षा नियमावलीमा विस्तृत व्यवस्था  ||    पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक    ||   
मंगलबार , असार ३०, २०८३

पाल्पा, ४ फागुन । सत्यवती बज्यैसँग वर माग्दै मन्दिर दर्शन गरेर नेपाली कांग्रेस पाल्पाले दुईवटै निर्वाचन क्षेत्रको चुनाव प्रचारप्रसार अभियानको सुरुवात गरेको छ । पाल्पा क्षेत्र नं. १ का उम्मेदवार सन्दीप राना र क्षेत्र नं. २ का उम्मेदवार हिमालदत्त श्रेष्ठ सहितको टोलीले तिनाउ गाउँपालिका वडा नं. ४ स्थित मन्दिरमा पूजा–अर्चना गरी पहिलो चुनावी सभा सम्पन्न गर्नुभएको हो ।

सभालाई सम्बोधन गर्दै उम्मेदवार श्रेष्ठले आफ्ना बाबुआमाले सत्यवती मन्दिरमा भाकल गरेपछि आफू जन्मिएको विश्वास रहेको उल्लेख गर्दै भावनात्मक सम्बन्धकै कारण यहीँबाट अभियान सुरु गरेको बताउनुभयो । उहाले सत्यवती क्षेत्रको विकास र जनताको सुखदुःखमा सधैं साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । जेनजी आन्दोलनपछि नयाँ सोच र १० वर्षे योजनासहित कांग्रेस अघि बढेको दाबी गर्दै गगन थापाको नेतृत्वमा सरकार बनाउन कांग्रेसलाई जिताउन आग्रह गर्नुभयो ।

क्षेत्र नं. १ का उम्मेदवार सन्दीप रानाले धार्मिक आस्था र सत्यवती बजैप्रतिको विश्वासका कारण आफू फरक क्षेत्रमा उम्मेदवार भए पनि यहीँबाट प्रचार सुरु गरेको बताउनुभयो । उहाले पाल्पालाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

तिनाउ गाउँपालिका वडा नं. ४ का सभापति देवसिं दर्लामीको सभापतित्व तथा केन्द्रीय सदस्य राजेन्द्र गोपाल सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य तथा पुर्व सांसद हरिप्रसाद नेपाल,पुर्व मन्त्री बिरबहादुर राना,नेपाली कांग्रेस पाल्पाका उपसभापति झपेन्द्र गहिरे,क्षेत्रीय सभापति मुक्तिराम जिसी,पार्टीका तिनाउ गाउँपालिका सभापति प्रेम पाण्डे,स्थानीय नेता दानबहादुर गाहा,महिला नेत्री रिमा सुनारलगयतले जेनजीकाे मर्म र भावनालाई आत्मसात गर्दै बदलिएको कांग्रेसले देशको अवस्था बदल्ने योजनासहित चुनावमा लागेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय